बार्सिलोनालाई पराजित गर्दै बोका जुनियर्सले जित्यो उपाधि

काठमाडाैँ । बार्सिलोनालाई पराजित गर्दे अर्जेन्टिनी क्लब बोका जुनियर्सले म्यारोडोनाकपको उपाधि जितेको छ । अर्जेन्टिनाका लिजेन्ड फुटबलर डियोगो म्यारोडोनाको सम्झनामा सुरु गरिएको प्रतियोगितामा ट्राइबेकरमा जुनियर्सले बाजी मारेको हो ।

मंगलबार राति भएको खेलमा स्पेनिस क्लब बार्सिलोनालाई ट्राइब्रेकरमा ४-२ ले पराजित गर्दै बोका जुनियर्सले उपाधि जितेको हो । साउदी अरेवियास्थित रियादमा रहेको किङ साउद युनिभर्सिटी स्टेडियम भएको खेलको निर्धारित समय १-१ गोलको बराबरी भएपछि खेलको निर्णयमा ट्राइब्रेकरबाट लिइएको हो ।

पेनाल्टीमा बोका जुनियर्सका मार्कोस रोजो, कार्लोस रोबर्टो इजक्वाएरडोज, क्रिस्टियन पाभोन र आरोना मोलिनासले गोल गरे। बार्सिलोनाका ड्यानी आल्भेस र फेरान जुट्ग्लाले गोल गर्दा म्याथिअस पेरेइरा र गुइलेम जेइमीले गोल गर्न सकेनन् ।

त्यसअघि प्रतिस्पर्धात्मक खेलको ५२औं मिनेटमा फेरान जुट्ग्लाको गोलबाट बार्सिलोनाले अग्रता लिएको थियो । उनले फिलिपे कौटिन्होको पासमा गोल गरेका थिए । ७७औं मिनेटमा एक्सक्वेल जेवाललोसल गोल गर्दै खेललाई १-१ गोलको बराबरीमा ल्याएका थिए । उनले फ्रान्क फाब्राको पासलाई सदुपयोग गरेका थिए ।

जारी सिजन खराब लयबाट गुज्रिरहेको बार्सिलोनाले बोका जुनियर्सविरुद्ध बल पोसेसन राख्दै दबाब दिन सफल भएपनि उपाधि उचाल्न असफल भयो ।

जाभीको प्रशिक्षणमा मैदानमा उत्रिएको बार्सिलोनाले पछिल्ला ७ खेल खेल्दा यो तेस्रो हार भोग्यो । गत महिना बार्सिलोनामा आबद्ध भएका भेट्रान डिफेन्डर ड्यानी आल्भेस पनि बार्सिलोनाका लागि दोस्रोपटक डेब्यु गरे । यसअघि उनी २००८ देखि २०१६ सम्म बार्सिलोनामा रहेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *