प्रचण्ड र माधव अस्थिरताका संवाहक हुन् : ओली

काठमाडाैँ । एमाले अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई अस्थिरताका संवाहक भएकाे आराेप लगाएका छन् । केन्द्रीय कमिटीले मनाेनीत गरेकाे ४४ जना केन्द्रीय सदस्यहरूकाे शपथग्रहण समाराेहलाई सम्बाेधन गर्दै ओलीले यस्ताे बताएका हुन् । ‘नेपालमा अस्थिरता निम्त्याउने शक्तिहरू सक्रिय भएका छन् । ती भनेका चाहिँ प्रचण्ड र माकुनै नै हुन्,’ ओलीले भनेका छन् ।

प्रचण्ड र माधव अस्थिरताका संवाहक हुन् भन्ने कुरामा कहीँकतै संकाेच नराख्न ओलीकाे आग्रह थियाे । ‘उनीहरू अस्थिरताका संवाहक हुन् । यसमा काेहीकसैले नराम्राे मान्नुपर्ने छैन,’ ओलीले भनेका छन् । यस्तै उनले पुन: नेकपा एकता असम्भव रहेकाे बताए । उनले भनेका छन्— ‘एकता गरेर कहीँ पुगिँदैन । अस्थिरतावादीहरूसँग एकता गरेर कहाँ पुग्ने ?’

ओलीले नेताहरूलाई अप्रशाेधित विचार राखेर अगि नबढ्न आग्रह गरे । ‘हामी कच्चा विचार राखेर अगि बढ्नुपर्छ,’ ओलीले भने, ‘कमरेडहरूले अप्रशाेधित विचार राखेर अगि बढ्नुहुने छैन ।’ एमालेकाे काँधमा देश बनाउने जिम्मेवारी भएकाे उल्लेख गर्दै ओलीले त्यसप्रति

यसअघि आइतबार सम्पन्न केन्द्रीय कमिटीकाे दाेस्राे बैठकले ४४ जना नेताहरूलाई केन्द्रीय सदस्यमा मनाेनीत गरेका थियाे ।

क-कसले लिँदैछन् शपथ ?

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *