सानिमा जनरल इन्स्योरेन्सद्वारा कृषि तथा पशुपन्छी क्षति मूल्याङ्कनकर्ताको तालिम सम्पन्न
काठमाडौँ । सानिमा जनरल इन्स्योरेन्स लिमिटेडको कृषि तथा पशुपन्छी क्षति मूल्याङ्कनकर्ताको तालिम सम्पन्न भएको छ ।
कम्पनीले कृषि तथा पशुपन्छी बिमा निर्देशिका, २०७७ मा व्यवस्था भए बमोजिम बिमा समितिका प्रतिनिधिको पर्यवेक्षण तथा प्रशिक्षणमा सञ्चालित तालिममा विभिन्न कृषि तथा पशुपन्छी विज्ञहरूले प्रशिक्षण प्रदान गरेका थिए ।
कम्पनीले भक्तपुरमा मङ्सिर २० देखि २२ गतेसम्म र विराटनगरमा मङ्सिर २६ गतेदेखि २८ गतेसम्म कृषि तथा पशुपन्छी क्षति मूल्याङ्कनकर्ताको सञ्चालित तालिम समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न गरेको छ ।
कम्पनीले कृषि तथा पशुपन्छी क्षति मूल्याङ्कनकर्ताको तालिम अन्य जिल्लाहरूमा समेत क्रमशः सञ्चालन गर्ने योजना बनाएको छ ।
कृषि तथा पशुपन्छी क्षति मूल्याङ्कनकर्ता तालिमले बिमा क्षेत्रमा दक्ष जनशक्ति विकासमा सहयोग पुग्नुका साथै कम्पनीले सञ्चालन गरेको तालिमबाट बिमा क्षेत्रमा कृषि तथा पशुपन्छी क्षति मूल्याङ्कनकर्ता तयार भएकोले आगामी दिनमा उक्त बिमाको क्षति मूल्याङ्कनकर्ता तयार भएकोले आगामी दिनमा उक्त बिमाको क्षति मूल्याङ्कन तथा दाबी भुक्तानीमा सहजता एवम् प्रभावकारिता आउने विश्वास कम्पनीले लिएको छ ।