सिजी ब्रुअरीले ल्यायो जाडोका लागि ‘टिमुर’ बियर
काठमाडौं । चौधरी ग्रुप अन्तर्गतको सिजी ब्रुअरीले नेपालमा पहिलो पटक ‘टिमुर’ बियर बजारमा ल्याएको छ । नेपालमा सर्वाधिक लोकप्रिय बियर ‘नेपाल आइस’ ब्रान्डअन्तर्गत टिमुर बियर उत्पादन गरेकाे हाे ।
यो बियर नेपालमा उपलब्ध स्थानीय जडीबुटी टिमुरको समिश्रणबाट तयार पारिएको छ । सिजी ब्रुअरीले आफ्ना बियरका पारखीहरूका लागि फरक तथा उत्कृष्ट स्वादमा बियर उत्पादन गर्दै आएको कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार यस्ता उत्पादन उपभोक्ताबीच अत्यन्तै लोकप्रिय साबित हुँदै आएका छन् । टिमुरको स्वादमा उत्पादन गरिएको यो बियरले उपभोक्तालाई भरपुर सन्तुष्टि दिने विश्वास कम्पनीको छ ।
नेपाली समाजमा परम्परादेखि टिमुरलाई चिसोबाट जोगिनका लगि उपभोग गरिँदै आएको छ । टिमुरको समिश्रणबाट उत्पादित यो बियर जाडो मौसममा पिउनका लागि उत्कृष्ट हुने कम्पनीको भनाइ छ ।
यो बियर ६५० मिलिलिटर र ३३० मिलिलिटर बोतलमा बजारमा उपलब्ध छ । ६५० मिलिलिटर प्रतिबोतलको उपभोक्ता मूल्य रू. ३४० र ३३० मिलिलिटरकाे बोतलको उपभोक्ता मूल्य रू. १७५ कायम गरिएको छ ।