कर्णालीमा माओवादीका २११ सदस्य सर्वसम्मत, पदाधिकारीको टुङ्गो आज

सुर्खेत । नेकपा (माओवादी केन्द्र)को कर्णाली प्रदेशको सम्मेलन जारी छ । प्रदेशका लागि नयाँ नेतृत्व चयन गर्न मंसिर २५ गते (शनिबार)देखि सम्मेलन सुरु भएको हो ।

मंसिर २५ र २६ गते दुई दिनका लागि भनिएको सम्मेलन प्रदेशको नयाँ नेतृत्व सहजै चयन हुन नसक्दा लम्बिएको हो । सम्मेलनले मंगलबारमात्रै २११ सदस्यीय प्रदेश समिति सर्वसम्मत चयन गरेको छ भने पदाधिकारी चयन गर्न सकिरहेको छैन ।

अन्य पदाधिकारीको टुङ्गो आजै लाग्ने माओवादी केन्द्रका नेताहरूको दाबी छ । केन्द्रीय सदस्य नरहेका र प्रदेश समितिमा रहेका २११ सदस्यहरूबाट नै पदाधिकारी चयन गर्ने निर्णयसमेत गरेको नेताहरूले बताएका छन् ।

२११ सदस्यीय प्रदेश समितिमा सुर्खेतबाट २१, दैलेखबाट १७, कालिकोटबाट २९, जुम्लाबाट १८, हुम्लाबाट १८, मुगुबाट १०, डोल्पाबाट ११, जाजरकोटबाट २६, सल्यानबाट २९ र रुकुम पश्चिमबाट ३२ गरी २११ जना प्रदेश सदस्यमा चयन भएका छन् ।

प्रदेश अध्यक्षमा कर्णाली प्रदेश सरकारकी पूर्वमन्त्री समेत रहेकी विमला केसी, कर्णाली सरकारका निवर्तमान मुख्यमन्त्री समेत रहेका महेन्द्रबहादुर शाही र वर्तमान अध्यक्ष राजकुमार शर्माको नाम चर्चामा छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *