आईसीटी अवार्ड २०२१ को ‘पावर्ड बाई स्पोन्सर’ डिशहोम फाइबरनेट

काठमाडौँ । सूचना तथा सञ्चार प्रविधि क्षेत्रको एक प्रतिष्ठित अवार्डको रूपमा परिचित ‘आइसिटी अवार्ड २०२१’ को ग्राण्ड फिनाले पुस २ गते शुक्रवार हुँदै छ ।

छैटौँ संस्करणको आइसिटी अवार्डको ‘पावर्ड बाई स्पोन्सर’मा डिशहोम फाइबर नेटले सहकार्य गरेको छ ।
आइसिटी अवार्ड २०२१ का विजेताहरूले नेपालको सबैभन्दा ठुलो र प्रतिष्ठित आइसिटी अवार्डको सम्मान प्राप्त गर्नेछन् भने डिशहोम फाइबर नेटले विजेता १५ जनालाई २५ एमबीपीएस इन्टरनेट प्रदान गर्नेछ ।

आइसिटी अवार्ड २०२१ मा स्टार्टअप तथा इन्नोभेसनअन्तर्गत ह्वावे स्टार्टअप आइसिटी अवार्ड, प्रडक्ट आइसिटी अवार्ड, राइजिङ स्टार इनोभेसन आइसिटी अवार्ड र पब्लिक च्वाइँ आइसिटी अवार्ड २०२१ विधाहरू समावेश भएका छन् ।

व्यक्तिलाई प्रदान गरिने अवार्डहरूमा आन्टरप्रेनर आइसिटी अवार्ड, नेपाली डायस्पोरा आइसिटी अवार्ड, नेपाल बैंक पायोनियर आइसिटी अवार्ड र एनसेल वुमन आईकन आइसिटी अवार्ड विधाहरू रहेका छन् ।

संस्थाहरूलाई प्रदान गरिने अवार्डहरूमा डिजिटल एजुकेसन आइसिटी अवार्ड (पब्लिक सेक्टर), डिजिटल एजुकेसन आइसिटी अवार्ड (प्राइभेट सेक्टर), डिजिटल सर्भिसेस आइसिटी अवार्ड र डिजिटल गभर्नेन्स आइसिटी अवार्ड विधाहरू समावेश छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *