बैंक अफ काठमाण्डू लिमिटेडको २७औँ वार्षिक साधारण सभा सम्पन्न

काठमाडौँ । बैंक अफ काठमाण्डू लिमिटेडको आफ्नो २७औँ वार्षिक साधारण सम्पन्न गरेको छ ।

बैंकले नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादी, काठमाडौँमा बैंकको सञ्चालक समितिका अध्यक्ष प्रकाश श्रेष्ठको अध्यक्षतामा सभा सम्पन्न गरेको हो । उक्त साधारण सभाले समितिको प्रतिवेदन पारित गरेको छ ।

उक्त सभाले नेपाल राष्ट्र बैंकको निर्देशानुसार नेपाल फाईनान्सियल रिर्पोटिङ्ग स्टाण्ड्र्डस बमोजिम तयार वित्तीय विवरणहरू पनि स्वीकृत गरेको छ ।

सभाले २०७७÷७८ सम्मको सञ्चित मुनाफाबाट २०७८ आषाढ मसान्तसम्ममा बैंकको कायम भएको चुक्ता पुँजीको १० प्रतिशतका दरले बोनस शेयर र चुक्ता पुँजीको ४ प्रतिशतका दरले नगद लाभांश (लाभांशमा लाग्ने कर समेत) वितरण गर्ने प्रस्ताव पनि सर्वसम्मतिबाट पारित गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *