एमालेमा अपानि-१ जारी

नेताहरूको कार्यविभाजन, जिल्ला र प्रदेश इञ्चार्ज पनि तोकियो (सूचीसहित)

काठमाडौँ । नेकपा एमालेले नेताहरूको कार्यविभाजन गरेको छ । १०औँ राष्ट्रिय सम्मेलनबाट नयाँ कार्यसमिति चुनिएपछि कार्यविभाजन गरिएको हो ।

एमालेले अन्तर पार्टी निर्देशन (अपानि) १ जारी गर्दै विभिन्न विभागका प्रमुखका साथै प्रदेश र जिल्ला इन्चार्जहरू पनि तोकेको छ । अपानिअनुसार अध्यक्ष केपी शर्मा ओलीले समग्र पार्टी नेतृत्व गर्ने भएका छन् भने वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नीति अनुसन्धान प्रतिष्ठानको जिम्मेवारी पाएका छन् ।

उपाध्यक्ष युवराज ज्ञवालीलाई प्रदेश र स्थानीय तह संयोजन गर्ने, उपाध्यक्ष अष्टलक्ष्मी शाक्यलाई राजनीतिक समन्वय संयोजन गर्ने जिम्मेवारी तोकिएको छ ।

यसै गरी उपाध्यक्ष विष्णु पौडेलले साङ्गठनिक कामको अनुगमन गर्ने, उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ले कूटनीतिक सम्बन्ध र राष्ट्रिय सुरक्षा विभागको जिम्मा पाउनु भएको छ । महासचिव शंकर पोखरेलले साङ्गठनिक कामको संयोजन गर्ने, उपमहासचिवहरू प्रदीप ज्ञवालीले स्कुल विभाग, पृथ्वीसुब्बा गुरुङले प्रचार तथा प्रकाशन विभाग, उपमहासचिव विष्णु रिमाललाई निर्वाचन विभाग र आर्थिक तथा कोष व्यवस्थापनको जिम्मेवारी तोकिएको छ ।

सचिव टोपबहादुर रायमाझीलाई भौतिक पूर्वाधार तथा यातायात व्यवस्था विभाग, गोकर्ण विष्टलाई ऊर्जा, योगेश भट्टराईलाई स्वास्थ्य विभाग र सचिव लेखराज भट्टलाई सुदूरपश्चिम प्रदेश इञ्चार्जको जिम्मेवारी तोकिएको छ ।

यस्तो छ अपानि :-

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *