एमसीसी पास नगरे पैसा अन्तै जाने हल्ला केही नेतालाई बाध्य पार्ने चालबाजी : भीम रावल

काठमाडौँ । नेकपा एमालेका नेता भीम रावलले एमसीसी अनुमोदन नगरे पैसा अन्त जाने भन्ने हल्ला केही नेतालाई बाध्य पार्ने चालबाजी भएको बताएका छन् । शुक्रबार सामाजिक सञ्जाल ट्वीटरमार्फत् नेता रावलले यस्तो बताएका हुन् ।

‘नेपालले एमसीसी संगको सम्झौता तुरून्त अनुमोदन नगरे अमेरिका नपर्खने र पैसा अन्त जाने भनी एमसीसी र त्यसका दलालहरूले चौथो पटक चलाएको दवावपूर्ण हल्ला केही नेतालाई बाध्य पार्ने चालबाजी साबित भएको छ। नेपाललाई सामरिक रूपमा दुरुपयोग गर्न एमसीसी लागिरहने त्यसको हालैको निर्णयले स्पष्ट हुन्छ।’, उनले भनेका छन् ।

नेता रावलले नेपाललाई सामरिक रूपमा दुरुपयोग गर्न एमसीसी लागिरहने त्यसको हालैको निर्णयले स्पष्ट भएको समेत बताएका छन् । उनी पछिल्लो सयम एमसीसीको चर्को विरोध गर्दै आएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *