सुदूरपश्चिम राजधानी कप सुरु, मुख्य मन्त्रीले गरे उद्घाटन

धनगढी । कैलालीको अत्तरियामा शुक्रबारदेखि सुदूरपश्चिम राजधानी कप १०७८ सुरु भएको छ । पीएफए स्पोट्स क्लबको आयोजनामा गोदावरी नगरपालिकाको वडा नम्बर ८ शिवशक्ति खेल मैदानमा राजधानी कपको तेस्रो संस्करण सुरु भएको छ । प्रतियोगिताको सुदूरपश्चिमका मुख्य मन्त्री त्रिलोचन भट्टले उद्घाटन गरे ।

राजधानी कपअन्तर्गत महिला तथा पुरुष फुटबल प्रतियोगिता हुने आयोजकले जनाएको छ । प्रतियोगिताको पुरुषतर्फ विजेता हुने टिमलाई ५ लाख र उपविजेताले २ लाख ५० हजार नगदसहित ट्रफी र मेडल प्राप्त गर्नेछन् भने महिलातर्फका विजेता टिमले १ लाख ५० हजार र उपविजेता हुने टिमले ७५ हजार रुपैयाँ नगदसहित ट्रफी र मेडल प्राप्त गर्नेछन् ।

यस्तै दुवैतर्फ विभिन्न विधामा उत्कृष्ट हुने खेलाडीहरूलाई पनि नगद र ट्रफी प्रदान गरिनेछ । कुल जम्मा ४७ लाख ६ हजार रुपैयाँ खर्च हुने अनुमान गरिएको उक्त प्रतियोगितामा अत्तरिया, धनगढी, कञ्चनपुर, बुटबललगायतका ठाउँबाट गरी पुरुषतर्फ आठ टिम र महिलातर्फ ६ टिमले सहभागिता जनाउने भएका छन् ।

प्रतियोगितामा सहभागिता जनाउने खेलाडीहरूका लागि कुनै उमेर समूह र क्षेत्र तोकिएको छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *