नबिल इन्भेष्टमेण्ट बैंकिङ्गको सेयर साक्षरता कार्यक्रम सम्पन्न

काठमाडौं । नबिल इन्भेष्टमेण्ट बैंकिंगले धितोपत्र व्यावसायी तथा मर्चेन्ट बैंकरहरुको बारेमा जानकारी मुलक कार्यक्रम सम्पन्न गरेको छ ।

बैकिङले प्रदेश नम्बर ४ मा नेपालको शेयर बजारमा कसरी प्रवेश गर्न सकिन्छ र धितोपत्र सम्बन्धि नेपाल धितोपत्र बोर्डबाट जारी गरिएको विद्यमान ऐन नियम तथा निर्देशनहरुमा भएको व्यवस्था बारेमा जानकारी दिने र धितोपत्र व्यावसायी तथा मर्चेन्ट बैंकरहरुको काम, कर्तव्य र अधिकारहरुका बारेमा जानकारी दिने उद्देश्यले उक्त कार्यक्रम संचालन गरेको छ ।

स्थापना कालको १२औं वर्ष प्रवेश गर्दै गर्दा कम्पनीले आफ्ना ग्राहकहरुलाई दक्ष तथा अनुभवी कर्मचारीहरु सहित उत्कृष्ट सेवा प्रदान गर्दै आएको जनाएको छ ।

४५ लाख भन्दा बढी डिम्याट खाता खुली सकेको नेपालको धितोपत्र बजारमा २२ लाख भन्दा बढी प्राथमिक निष्काशनमा आवेदन पर्न थालिसकेको जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *