सकियो ‘काँडेतार’ छायांकन
मकालु खबर
२०७८ पुस ४ गते
काठमाडौँ । चलचित्र ‘काँडेतार’ को छायांकन सकिएको छ । निर्माता तथा निर्देशक नवल खड्काले चलचित्रको छायांकन सकिएको सामाजिक सञ्जाल मार्फत जानकारी दिएका हुन् ।
मङ्सिरको सुरुबाट छायाङ्कनमा गएको चलचित्रको छायांकन करिब एक महिनामा सकिएको हो । चलचित्रमा गौरव पहारी, रेविका गुरुङ, सुरविना कार्की, रवीन्द्र रञ्जन झा, राजेन्द्र भगत, पन्नालाल सिकदार, प्रकाश अनुराग, प्रेम कार्की, महेश गिरी लगायतको अभिनय रहेको छ ।
सामना फिल्मस् प्रालिको ब्यानरमा निर्माण भएको चलचित्रमा अभिनय गर्नका लागि कलाकार मुरलीधर समेत मुम्बईबाट नेपाल आएका थिए ।
मकालु खबर
२०७८ पुस ४ गते
प्रतिक्रिया
सम्बन्धित