एमाले कर्णालीको निर्णय : सदस्यबाटै प्रतिनिधि छनौट गर्ने

सुर्खेत । नेकपा एमाले कर्णाली प्रदेश कमिटिको बैठक वीरेन्द्रनगरमा आइतबार सम्पन्न भएको छ । उक्त बैठकले एमाले पार्टीको दोस्रो केन्द्रीय कमिटीको बैठकले गरेको निर्णयअनुसार कर्णालीमा एमालेले जिल्ला र प्रदेशको अधिवेशन गर्ने निर्णय गरेको छ ।

एमाले कर्णाली प्रदेशका अध्यक्ष विनोद शाहका अनुसार आइतबार बसेको प्रदेश कमिटीको बैठकले आउँदो पुस २३ गते जिल्ला र माघ महिनाको ८ गते प्रदेश अधिवेशन गर्ने निर्णय भएको बताए ।

कर्णालीमा एमालेको प्रदेश कमिटीको बैठकले केन्द्रीय कार्यालयको परिपत्रअनुसार पुसको २३ गते जिल्ला र माघको ८ गते प्रदेश अधिवेशन गर्ने निर्णयलाई नै कार्यन्वयन गरेर कर्णालीमा एमालेले तयारी थाल्ने जनाएको छ ।

यस्तै १० जिल्ला रहेको कर्णाली प्रदेशमा जिल्लाको प्रतिनिधि छनौट गर्न दिने जिम्मा जिल्लालाई नै दिने निर्णय गरेको छ ।

यस्तै प्रदेशको प्रतिनिधि छनौटमा प्रदेशसभा क्षेत्रलाई निर्वाचान क्षेत्र मानेर १५० सदस्यीय प्रदेश समिति बनाउने, जसमा एक तिहाई महिला, १०० जना बराबर एकजना दलितबाट प्रतिनिधित्व गर्ने गरी र १५० सदस्यबाटै प्रतिनिधि छनौट गर्ने निर्णय गरेको एमाले कर्णाली प्रदेशले जनाएको छ ।

यस्तै एमाले प्रदेश अध्यक्ष विनोद शाह सँगै दशै जिल्लाका पार्टी अध्यक्षलाई समावेश गरेर प्रदेश अधिवेशनलाई थप व्यावस्थित र मर्यदित बनाउँन मुल व्यावस्थापन समिति गठन गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *