अलफ्टको फुड फेस्टिभल ‘फ्लेभर्स अफ कस्मिर’ सम्पन्न
काठमाडौं । अलफ्ट काठमाडौँले जाडो मौसमलाई ध्यानमा राख्दै फ्लेभर्स अफ कस्मिर (कस्मिरको स्वाद)फुड फेस्टिभल सम्पन्न भएको छ ।
भारतीय चर्चित सेफ एवम् कस्मिरी खानाका गुडवील एम्बेस्डर सन्जे राइना र अलफ्टको कार्यकारी सेफ राजिभ श्रेष्ठले तयार गरेको मेनुलाई प्रस्तुत गर्दै फुड फेस्टिभल गरिएको होटेलका महाप्रबन्धक विक्रम सिंहले बताए ।
फेस्टिभलको अवधिभर कास्मिरको विभिन्न परिकारहरू केही पुरानो शैली र नयाँ प्रस्तुतिको मिश्रण सहित उपलब्ध थिए ।
शाकाहारी स्टार्टरबाट सुरु भई मेन कोर्स र डिजर्ट कस्मिरी स्वादमा उपलब्ध भएको फेस्टिभल अलफ्ट अल-डे डाइनिङ ‘नुक’मा सञ्चालन भएको थियो ।
विश्वका विभिन्न फुड फेस्टिभल लगायत ठुला-ठुला राज्य सभाहरूको लागि मेनू तयार गर्नका लागि सेफ राइना चर्चित छन् । उनैको यो अनुभवलाई लिएर काठमाडौँमा गरिने फ्लेभर्स अफ कस्मिर आयोजना गरिएको थियो ।
दश दिनसम्म चलेर आइतबार साँझ समापन फेस्टिभलको उद्घाटन नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले गरेका थिए ।