एनएमबि बैंक २५ मेगावाटका २ आयोजनाकाे मुख्य लगानीकर्ता

काठमाडौँ । एनएमबि बैंकले १३.५ मेगावाटकाे सुपर कावेली खोला-ए र १२ मेगावाटकाे सुपर काबेली खोला क्यासकेड जलविद्युत आयोजनाको मुख्य लगानीकर्ता भई वित्तीय व्यवस्थापन गरेको छ।

प्रदेश १ अन्तर्गत ताप्लेजुङ्ग जिल्लामा रहेको सिरीजङ्घा गाउँपालिकामा निर्माण भईरहेको सुपर कावेली खोला -ए जलविद्युत आयोजना स्नो रिभर्स प्रालि र सुपर काबेली खोला क्यासकेड जलविद्युत आयोजना  हिल्टन हाइड्रो इनर्जीले निर्माण गरिरहेको हो ।

यस आयोजनाहमा एनएमबि बैंक अगुवा बैंक रहेको छ। भने सह-वित्तीयकरणमा सहभागी अन्य बैंकमा राष्ट्रिय वाणिज्य बैंक लिमिटेड रहेको छ।

पहिलाे आयोजनाकाे कुल लागत २ अर्ब ४१ करोड र क्यास्केड आयोजनाकाे कुल लागत २ अर्ब १४ करोड रुपैयाँ रहेको छ।

यसमध्ये बैंकहरुको लगानी क्रमशः एक अर्ब ८९ करोड तथा एक अर्ब ६७ करोड रुपैयाँ रहने जानकारी गराईएको छ। यो आयोजनासमेत एनएमबी बैंकले कुल ४३ वटा जलविद्युत आयोजनाहरुमा लगानी गरिसकेको छ।

एनएमबी बैंक द फाइनान्सियल टाइम्स लन्डनको ‘द ब्यान्कर’ पत्रिकाबाट एसियाकै सर्वोत्कृष्ट बैंकको उपाधी ‘बैंक अफ द ईयर एसिया २०२१’ अवार्डबाट सम्मानित भएको छ।

बैंकले सन् २०१७, २०१८, २०२० र २०२१ को लागि पनि उक्त पत्रिकाबाट चार पटक नेपालकै उत्कृष्ट बैंकको सम्मान ‘बैंक अफ द इयर नेपाल’ पनि प्राप्त गरिसकेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *