संसद् : एमालेकाे नाराबाजी कायमै, राेकिएनन् सभामुख

काठमाडाैँ । मंगलबार बसेकाे प्रतिनिधि सभाकाे बैठक पनि प्रमुख प्रतिपक्ष दल नेपाल कम्युनिष्ट पार्टी [एमाले] ले अवरुद्ध गरेकाे छ । गत साउन २३ गतेदेखि बसेकाे सबै बैठकहरू अवरुद्ध गर्दै आएकाे एमालेले आज पनि बैठक अवरुद्ध गरेकाे हाे ।

एमाले सांसदहरू बैठक शुरू हुनासाथ नाराबाजीमा उत्रिएका हुन् । सभामुख अग्निप्रसाद सापकाेटाले बैठक सञ्चालन गर्न सहयाेग गर्न आह्वान गरिरहँदा एमाले सांसदहरू नाराबाजी गरेका हुन् ।

तर, सभामुख सापकाेटाले भने बैठक अघि बढाएका छन् । यसअघिका सबै बैठकहरू पनि यसैगरी अगाडि बढेका थिए । गत मंसिर २८ गते बसेकाे बैठकमा एमालेकाे नाराबाजीका बीच ६ वटा विधेयक पेस भएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *