हामी नेपालको पहिलो साधारण सभा भक्तपुरमा सम्पन्न
काठमाडौं । युवा नेतृत्वमा रहेको गैरनाफामूलक संस्था हामी नेपालले भक्तपुरको होटेल भादगाउँमा आफ्नो पहिलो वार्षिक साधारण सभा सम्पन्न गरेको छ ।
सन् २०१५ मा स्थापना भएदेखि नै सामाजिक कार्यहरूमा सहयोग गर्दै आएका आफ्ना स्वयंसेवक तथा शुभचिन्तकहरूलाई सम्मान गर्ने साधारण सभाको मुख्य उद्देश्य रहेको संस्थाले जनाएको छ ।
उक्त साधारण सभामा, समस्यामा परेकाहरूलाई निःस्वार्थ रूपमा सेवा गर्ने संस्थालाई निरन्तर मद्दत गर्दै आइरहेका बार्बरा फाउन्डेसनका अध्यक्ष डा. सन्दुक रुइत, इन्फिनिटी होल्डिंग्सका अध्यक्ष दीपक भट्ट तथा निर्देशक उपेन्द्र हिरावत, शङ्कर ग्रुपका उपाध्यक्ष सुलभ अग्रवाल तथा प्रबन्ध निर्देशक साहिल अग्रवाल लगायत अतिथिहरूलाई हामी नेपालले सम्मान गरेको थियो ।
संस्थाले दान गरिएको रकम र संस्थाको सबै खर्चलाई पारदर्शी बनाउने उद्देश्यले आफ्नो वेबसाइट पनि सुरु गरेको छ ।
कार्यक्रमको बारेमा बोल्दै संस्थाका अध्यक्ष सुदन गुरुङले भने , ‘हाम्रो भिजनलाई सफल बनाउन असीमित सहयोग र माया दिन हुने विश्वभरका सम्पूर्ण दाता र स्वयंसेवकहरूप्रति हाम्रो सम्पूर्ण हामी नेपालको टिम धेरै–धेरै आभारी छ ।