नेपाल पेमेन्ट सोलुसन्स र लुम्बिनी विकास बैंक बिच सम्झौता

काठमाडौं । नेपाल पेमेन्ट सोलुसन्स् आफ्नो डिजिटल इकोसिस्टम बिस्तार गर्दै लुम्बिनी विकास बैंक लिमिटेडसँग सहकार्यको लागि सम्झौता गरेको छ ।

नेपाल पेमेन्ट सोलुसन्स् प्रालिको तर्फबाट प्रताप श्रेष्ठ, सी.एक्स् ओ र सिमोन श्रेष्ठ, बिजनेस डेभलपमेन्ट मेनेजर तथा लुम्बिनी विकास बैंक लिमिटेडको तर्फबाट उमेश रेग्मी, डेपुटी सिइओ र विशल जोशी, आइटी र कार्ड प्रमुखले आ–आफ्ना्े संस्थाको प्रतिनिधित्व गर्दै सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

यस सम्झौता अनुसार नेपाल पेमेन्ट सोलुसन्स्ले लुम्बिनी विकास बैंक लिमिटेडसँग डिजिटल इकोसिस्टम बिस्तार गरेसँगै अब, लुम्बिनी विकास बैंक लिमिटेडसँग आबद्ध ग्राहकहरूले नेपाल पेमेन्ट सोलुसन्स्को चेक आउट, वन लिङ्क, फन्ड ट्रान्सफर, लिङ्क अकाउन्ट, लोड वालेट जस्ता सम्पूर्ण सेवाहरू उपयोग गर्न पाउने जनाएको छ ।

नेपाल पेमेन्ट सोलुसन्स्ले यी सेवाहरू डिजिटल वालेट, रेमिट्यान्स कम्पनीहरू मार्फत उपलब्ध गराएको छ । साथै, तिनीहरूले डिजिटल प्रविधिहरूको लाभ उठाएर उच्च स्तरीय बैङ्किङ सेवाहरू र भुक्तानी समाधानहरू प्राप्त गर्नेछन्।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *