एमसीसीको चर्चा चुलिएकै बेला राजदूत यान्छीले भेटिन् ओली

काठमाडौँ । नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले प्रमुख प्रतिपक्ष दल नेपाल कम्युनिष्ट पार्टी (एमाले) अध्यक्ष केपी शर्मा ओलीलाई भेटेकी छन् । एमाले विदेश विभाग प्रमुख डा. राजन भट्टराईकाअनुसार बुधबार दिउँसो भेटेकी राजदूत यान्छीले ओलीसँग झन्डै सभा घन्टा संवाद गरेकी छन् ।

भेट भएको भएपनि ओली–यान्छीबीच के विषयमा कुराकानी भयो भन्नेबारे भने भट्टराईले बताएनन् । ‘समसामयिक विषयका कुराकानी भएको हो । दोस्रोपटक अध्यक्ष बनेपछि पहिलो पटक उहाँहरूको भेट भएको हो । छलफलमा सहभागी भइनँ, त्यसैले खासखास रूपमा के विषयमा कुराकानी भयो भन्नेबारे बताउन सक्दिनँ ।’

एमसीसी संसद्‌मा पेस गर्ने चर्चाका बीच राजदूत यान्छीले ओलीलाई भेट्नुलाई महत्त्वपूर्ण रूपमा हेरिएको छ । ओली एमसीसी पारित हुनुपर्छ भन्ने धारणा राख्छन् । यसअघि आफू प्रधान मन्त्री हुँदासमेत संसद्‌मा पेस गर्न खोजेका ओली सभामुखका कारण असफल भएका थिए ।

यसबीचमा राजदूत यान्छीले एमसीसीबारे चासो राखेको समाचारसमेत प्रकाशित भएका थिए । पछिल्लो समय चिनियाँ सरकारको मुखपत्र ‘ग्लोबल टाइम्स’ मा छापिएका समाचाहरूमा एमसीसीलाई अमेरिकी सैन्य रणनीति इन्डो प्यासिफीक स्ट्रटेजीको रूपमा व्याख्या गरिएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *