रवीन्द्र मिश्रलाई सिके राउतको प्रश्न – विचारभन्दा माथि देश कसरी हुन्छ ?

काठमाडौँ । जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रलाई विचारभन्दा माथि देश कसरी हुन्छ भन्दै प्रश्न गरेका छन् । राउतले बिहीबार सामाजिक सञ्जालमार्फत मिश्रलाई  देश आफैमा विचारबाट जन्मेको बताउँदै यस्तो प्रश्न गरेका हुन् ।

‘विचारभन्दा माथि देश रे ! साथमा खाल्डे भ्यागुते मिडियाको ताली ! देश आफैँमा विचारबाट जन्मेको हो। पहिला विचार आएको हो, अनि मात्रै देश। अनि विचारभन्दा माथि देश कसरी हुन्छ देश के पृथ्वी उत्पत्ति हुँदा खेरि बनेर आएको थियो र ? कति त यहाँ टिनेएजर्सभन्दा पनि कान्छा छन्।’, उनले लेखेका छन् ।

यस्तै उनले सञ्चारमाध्यमहरूलाई खाल्डे मिडियाको संज्ञा दिँदै मिश्रको उक्त भनाईमा मिडियाले ताली पिटेको समेत आरोप लगाएका छन् । कुनै बेला पृथकतावादी आन्दोलन गर्ने राउत हाल मधेस केन्द्रीत राजनीतिमा सक्रिय छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *