कांग्रेस निर्वाचन : केन्द्रीय सदस्यको मतगणना अन्तिम चरणमा

काठमाडाैँ । नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्यको मतगणना अन्तिम चरणमा पुगेको छ । हिजो नै सक्ने गरी गरिएको भनिएको गणना आज बेलुकासम्ममा सकिने निर्वाचन समितिले जनाएको छ ।

केन्द्रीय सदस्यअन्तर्गत आदिवासी जनजाति खुला र महिला, खस आर्य खुला र महिलाको गणना गर्न बाँकी छ । राति मतगणना नगरिएको र बिहान १० बजेपछि सुरु गरिएको पनि समितिले जनाएकाे छ ।

आदिवासी जनजातितर्फको ८ पदका लागि २२ सय मतगणना भएको छ‚ जसमा १११५ मतसहित चिनकाजी श्रेष्ठ शीर्षस्थानमा छन् । यस्तै उमेश श्रेष्ठ १०३० मतसहित दोस्रो र टेकबहादुर गुरुङ ९८० मतसहित तेस्रो स्थानमा छन् ।

चौथोमा बहादुरसिंह लामा, पाँचौं दिलमान पाख्रिन, छैठौँमा तारामान गुरुङ, सातौँमा आङ्गेलु शेर्पा र आठौँमा टेकप्रसाद गुरुङ रहेको पनि निर्वाचन समितिले जनाएको छ । आदिवासी जनजातितर्फ खुलामा ८ जना र महिलामा ७ जना निर्वाचित हुनेछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *