संसद् अवरुद्ध हुँदा संघीयता पनि अवरुद्ध हुँदैछ : सरकार

काठमाडौँ । सरकारले संघीय संसद्को अवरोधले संघीयता नै अवरुद्ध हुन पुगेको बताएको छ । संसद्को कानुन‚ न्याय तथा मानवअधिकार समितिको बैठकमा संसद्‌मा कानुनमन्त्री दिलेन्द्रप्रसाद बडुले लामो समयदेखि संघीय संसद अवरुद्ध हुँदा संघीयता पनि अवरुद्ध हुँदै गएको बताएका हुन् ।

संसद् अवरुद्ध हुँदा संघीय निजामती विधेयक अघि बढाउन नपाइएको र यसले गर्दा प्रादेशिक निजामती सेवा सञ्चालन पनि हुन नपाएको तर्फ ध्यानाकर्षण गराए । यो र संघीयतासँग जोडिएका धेरै विषय संसद्‌मै थन्किएको भन्दै मन्त्री बडुले स‌ंसद्को अवरोधकै कारण नागरिकताजस्तो संवेशनशील विधेयक पनि अघि बढ्न नसकेको बताए ।

उनले संसद्को अवरोध खोल्न एमालेलाई आग्रह गर्न समितिमा प्रस्ताव पनि गरे । सांसद समिना हुसेनले पनि समितिले संसद् सुचारु गर्न निर्देशन दिनुपर्ने बताइन् । तर‚ समितिका सभापति कृष्णभक्त पोखरेलले लिखित रुपमा यसबारेमा समितिले कुनै निर्देशन दिने विषय नभएको भन्दै भावनात्मक रुपमा सबै जना संसद् जतिसक्दो छिटो सुचारु होस् भन्नेमा सहमत रहेको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *