प्रधान मन्त्री देउवालाई भेटी धनकुटा काङ्ग्रेसले बुझायो सात बुँदे सुझाव पत्र

काठमाडौँ । प्रधान मन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई आज नेपाली कांग्रेस धनकुटाको टोलीले सरकारी निवास बालुटारमा भेटी धनकुटाको विकास र समृद्धिका लागि सात बुँदे सुझाव पत्र बुझाएको छ ।

काठमाडौँस्थित प्रधान मन्त्री निवास बालुवाटारमा पुगी नेपाली कांग्रेस धनकुटाका सभापति दिनेश राई, नेता आनन्द सन्तोषी राई, जिल्ला सचिव विजय सन्तोषी राई, नेविसंघ धनकुटका उपाध्यक्ष विमर्शमान अमात्य लगायतले प्रधान मन्त्रीसँग भेटवार्ता गरेका थिए ।

सो भेटको क्रममा टोलीले पार्टी संगठन विस्तार र सुदृढीकरण गर्न र धनकुटाको विकास र समृद्धिका लागि प्रधान मन्त्री तथा पार्टी सभापति देउवालाई सात बुँदे सुझाव पत्र बुझाएको हो ।

धनकुटाको विकास र समृद्धिका लागि धनकुटालाई पर्यटन हब र कृषिको हबको रुपमा विकास गर्न, धनकुटा नगरपालिका ९ को बेलहारा डाडामा एयरपोर्ट निर्माणकार्य तत्काल सुरु गर्न र धनकुटा अस्पताललाई स्तरोन्नति गर्दै शिक्षण अस्पतालको रुपमा स्थापना गर्न र धनकुटाका सातवटै पालिकामा सुविधा सम्पन्न एक एकवटा अस्पताल निर्माण गरी अविलम्ब सञ्चालन गर्न धनकुटाको टोलीले प्रधान मन्त्री समक्ष माग गर्दै सुझाव पत्र दिएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *