सन नेपाल लाइफको अभिकर्ता सम्मान तथा बिमा जागरण कार्यक्रम सम्पन्न

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले दिक्तेल, ओखलढुङ्गा र सल्लेरी कार्यालयहरूमा बिमा जागरण अभियान तथा उत्कृष्ट अभिकर्ताहरूलाई सम्मान कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रम इन्स्योरेन्सका महाप्रबन्धक कमलराज गौतमको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो ।

देशैभर शाखा सञ्जाल विस्तार गरी बिमा सेवा प्रदान गर्दै आएको कम्पनीले निकट भविष्यमा नै सर्वसाधारणलाई साधारण शेयर निष्कासन गर्ने प्रस्ताव पारित गरिसकेको जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *