एकतालाई ओलीले सत्तामा पुग्ने भर्‍याङकाे रूपमा मात्रै प्रयोग गरे : प्रचण्ड

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नो दलसँगको एकतालाई सत्तामा पुग्ने भर्‍याङकाे रूपमा मात्रै प्रयोग गरेको बताएका छन् । शुक्रबार नेकपा मसाल (सम्पर्क केन्द्र) सँगको एकता समारोहलाई सम्बोधन गर्दै प्रचण्डले यस्तो बताएका हुन् । ‘हामीले कम्युनिष्ट आन्दोलनलाई दह्रो बनाउँदै समाजवादतिरको यात्रा गर्नका लागि एमालेसँग पनि एकता गरेका थियौँ,’ प्रचण्डले भने, ‘तर, त्यो एकतालाई एमालेले र मुख्यतः नेतृत्व ओलीजीले सत्तामा पुग्ने भर्‍याङकाे रूपमा मात्रै प्रयोग गरे ।’

मोहनविक्रम सिंह नेतृत्वको मसाल छाडेर लोकेन्द्र लम्सालको नेतृत्वमा एउटा समूह माओवादी केन्द्रमा मिसिएको छ । यही एकताकाे सन्दर्भ जाेड्दै प्रचण्डले एमालेसँग एकता हुँदा जनताले ठूलाे विश्वास गरेकाे तर, पछि एमालेकाे नेतृत्वकाे अहंकारले गर्दा एकता टुटेकाे बताए । ‘नेपालमा कम्युनिष्टसँग, कम्युनिष्ट आन्दाेलनप्रति ठूलाे विश्वास छ र थियाे । तर, मुख्यत: एमालेकाे नेतृत्वका कारण एकता टुट्याे ।’

एमाले-माओवादीबीच ०७४ फागुन ७ गते एकता भएर नेकपा बनेकाे थियाे । त्यसपछि राष्ट्रिय निर्वाचनमा झन्डै दुईतिहाइ जनमत पाएकाे नेकपा ०७७ फागुन २३ गते सर्वाेच्च अदालतले दुई फ्याक बनाएकाे थियाे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *