मिडियाले पनि देउवा सरकारलाई सरकार मानेको छैन : सचिव भट्ट

धनगढी । नेकपा एमालेका केन्द्रीय सचिव एवम् पार्टीका सुदूरपश्चिम प्रदेश इन्चार्ज लेखराज भट्टले परमादेशबाट आएको सरकारलाई मिडियाले पनि सरकार नमानेको बताएका छन् ।

प्रेस चौतारी नेपाल सुदूरपश्चिम प्रदेश समितिले शुक्रबार धनगढीमा आयोजना गरेको स्वागत तथा सम्मान कार्यक्रममा बोल्दै उनले मिडियाले अहिलेको सरकारलाई सरकारको रुपमा नलिएको बताए । उनले मिडियाले सरकारको आलोचना नगर्नु नै सरकार नमान्नु भएको बताए ।

‘हाम्रो सरकार जनादेशबाट आएको सरकार थियो‚ त्यही भएर मिडियाले हामीमाथि अलिकति प्रहार गरिरहेको हुन्थ्यो,’ उनले भने, ‘मिडियाले सकारात्मक आलोचना गर्दा हामी त्यसलाई सचेत पारेको बुझिरहेका थियौँ ।’ अहिले मिडियाले सरकारको बारेमा लेखेन भनेर चिन्ता गर्न नपर्नेसमेत उनले बताए ।

यस्तै, सचिव भट्टले सुदूरपश्चिम प्रदेशमा एमालेको संगठनलाई कसरी मजबुत र एकताबद्ध बनाउने भनेर सबै लाग्न आवश्यक रहेको बताए । अहिले एमालेलाई जनताले कसरी बुझिरहेका भनेर पनि मिडियाले सत्यतथ्य बाहिर ल्याउन आवश्यक रहेको उनको भनाइ छ ।

कार्यक्रममा बोल्दै नेकपा एमालेका स्थायी कमिटी सदस्य कर्ण थापाले केपी शर्मा ओलीको कोटको खोल्तीबाट कोही पनि मान्छे यहाँ केन्द्रीय कमिटी, स्थायी कमिटी र पोलिटब्यूरो कमिटी नभएको बताए । उनले अहिले ओलीको कोटको खोल्तीबाट कमिटी बनाएको भनेर गरिएको हल्ला साँचो नरहेको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *