रारामा रमाउँदा…

रारा जाने रहर कसलाई हुन्न र ? तर रहरले मात्र कहाँ हुन्छ, संयोग पनि त मिल्नपर्‍याे । जुन निकै कठिन छ । भौगोलिक विकटता, जोखिमपूर्ण सडक, समय व्यवस्थापन र खर्चिलो यात्रा लगायत कारणले चाहेर पनि सजिलै रारा पुग्न सकिन्न । नत्र स्वर्गकी अप्सरा उपमा पाएको रारामा पुगेर रमाउन को चाहँदैन र ? त्यति हुँदाहुँदै पनि अठोट र आँट भयो भने अब रारा पुग्न त्यति गाह्रो छैन । भुर्र उडेर होस् वा गुडेर, मुगुको हुटुस्थित रारा ताल पुग्न सकिन्छ ।

कात्तिकको अन्तिम साता रारा पुग्दा जति चिसो थियो त्योभन्दा आनन्द राराको सौन्दर्यले दियो । सल्लेरी हुँदै करिब ४५ मिनेट हिँडेर मिलिचौर पुग्दा आँखामा नअटाउने र मुटुमा राखेर पनि नभरिने देखिएको रारा ताल साँच्चै प्रकृतिको अनुपम स्थल हो । सायद त्यसैले नेपालकै सबैभन्दा ठूलो र प्रसिद्ध रारा ताललाई तत्कालीन राजा महेन्द्रले वि.स २०२० मै स्वर्गकी अप्सरा भनेर नामकरण गरेका हुँदा हुन् । हुन पनि रारा धर्तीभित्रको एउटा स्वर्ग झैँ नै रहेछ । समुद्र सतहबाट २९ सय ९० मिटरको उचाइमा रहेको रारा तालको लम्बाई पाँच किलोमिटरभन्दा बढी, चौडाइ ३.२ किलोमिटर र गहिराइ १ सय ६७ मिटर छ ।

कस्तो छ रारा ?
साराले बखान गर्ने रारा कस्तो होला ? नपुगेकाहरूको मनमा कुतूहल चल्ने नै भयो । जब सल्लेरी पुगेर घोडा वा पैदल यात्रा शुरु हुन्छ‚ त्यो कुतूहल पहिलो पटक जानेहरूलाई पनि हुन्छ नै । सल्लाघारीको घनाजंगलबीचबाट गोरेटो वा घोडेटो बाटो छ । जंगलभित्र छिर्नासाथ बुट्यानहरूसँगै रुखका हाँगाहाँगासम्म फैलिएका सुकेका लेउ, सल्लाको सुसेली, झ्याइँकिरीको आवाजसँगै चिसो सिरेटोको संगीतले साउती मार्छ ।

घाँसेमैदान, चारैतिर घना हरियो वन, ठूलो चौर, नीलो आकाश, लस्करै साक्षी बसेका हिमशृंखला र सिजनानुसार गुराँस र बुकी फुल्दा झन् आनन्द । बढीमा एक घण्टा सुसाउँदो सल्लेरीसँगै ओरालो झरेपछि मिलीचौर पुगिन्छ, त्यही हो स्वर्गको ढोका अर्थात् आफ्नै आँखाले विशाल र मनमोहक रारा देखिने ठाउँ । मिरिचौरबाट देखिने दृश्य वर्णन गरेर सकिँदैन ।

राराको वर्णन अनेक रूपमा गरिएको छ । कसैले सुन्दरताको प्रतीक, स्वर्गको टुक्राजस्तै, सुनको बाकसजस्तै वा स्वर्गकी अप्सराजस्तै आदि । जसले जे भने पनि उत्कृष्ट सौन्दर्यले भरिभराउ रारा पुग्दा मन र मुटु उमंगले भरिएर आउँछ । हरेक मानिस रारा देख्नासाथ पुलकित हुन्छन् ।

घाँसेमैदान, चारैतिर घना हरियो वन, ठूलो चौर, नीलो आकाश, लस्करै साक्षी बसेका हिमशृंखला र सिजनानुसार गुँरास र बुकी फुल्दा झन् आनन्द । बढीमा एक घण्टा सुसाउँदो सल्लेरीसँगै ओरालो झरेपछि मिलीचौर पुगिन्छ, त्यही हो स्वर्गको ढोका अर्थात् आफ्नै आँखाले विशाल र मनमोहक रारा देखिने ठाउँ । मिरिचौरबाट देखिने दृश्य वर्णन गरेर सकिँदैन ।

वाह ! प्रकृतिको अनुपम उपहार राराताल । चारैतिर पहाडको काखमा फिँजिएर बसेको रारा ताल हो कि अप्सरा छुट्याउनै नसिकने । गाढा निलो तालमा वरिपरिका डाँडाहरूको छाया छर्लङ्ग देखिन्छ । साँच्चै, रारा ऐना पनि रहेछ । सूर्योदय अवलोकन र डुंगा सयरको आनन्दकसरी वर्णन गर्नु र ?

प्रकृतिले उपहार दिएको अनुपम छटालाई आफ्नै आँखाले देखेजस्तो मज्जा कुनै पनि वर्णनले गर्न सक्दै सक्दैन । किनभने सुनेको राराभन्दा देखेको रारा धेरै मिठो र रमणीय छ । छिनछिनमा रंग बदलिरहने रारा बिहान कालो, दिउँसो नीलो र बेलुकी सप्तरङ्गी रूपमा हेर्न सकिँदो रहेछ । त्यसैले त जन्मेपछि एकपटक रारा पुग्नैपर्छ भन्छन् त्यहाँ गएर फर्कनेहरू । र यसो भन्नेहरूमै म पनि सामेल भएको छु अब । रारा तालको पैदल एक फन्को लगाउन सामान्यतः ६ घण्टा लाग्दो रहेछ ।

त्यसबाहेक साइक्लिङ, घोडचढी र तालमा डुङ्गा सयर गर्दै कञ्चन पानीको छालसँग खेल्दा र त्यहाँका असला माछा हेर्दा सारा संसार भुलेझैँ नै हुँदो रहेछ । ‘राराको सुन्दरतासँगै धार्मिक पर्यटकका लागि पनि ठाकुरबाबाको मन्दिर उत्तिकै महत्त्वपूर्ण गन्तव्य हो‚’ स्थानीय दीपक शाहीले भने ।

सिंगो रारालाई एकै दृश्यमा हेर्न तालबाट करिब तीन घण्टा उकालो चढेर ३५ सय मिटर उचाइमा रहेको मुर्माटप पुग्नुपर्छ । ताल किनारामा रहेको छाप्रु महादेवको थानबाट दाहिने हुँदै स्याँस्याँ गर्दै उकालो चढ्दा जति गाह्रो हुन्छ त्योभन्दा मज्जा रूप फेर्न माहिर रारा तालको भिन्न रंगहरू पनि देख्दा हुन्छ । फरक सिजनमा जाँदा बाटोमा विभिन्न रंगका किसिमका गुराँस, लेकाली सल्लो, धुपी, देवार देख्न पाइन्छ । मुर्माटपबाट हेर्दा निलो मसी पोखिए जस्तै देखिने पुरै राराले अरू सारा बिर्साउँछ । त्यसबाहेक त्यहाँबाट रारा तालको मनमोहक दृश्यमात्रै होइन, रारा राष्ट्रिय निकुञ्ज, छायाँनाथ तथा चंखेली, सैपाल र कान्जिरोवा हिमाल हेर्नुको मज्जा पनि बेग्लै छ । हुम्ला, जुम्ला, कालिकोट, बाजुरा पनि हेर्न सकिन्छ ।

सहज हुँदैछ यात्रा
कोरोना कहरका कारण रारा पनि अझै मुख खोलेर हाँस्न सकेको छैन । तर यो जाडोमा काठमाडौँबाट मोटरसाइकलमा हुइँकिएर रारा पुग्नेहरू बाक्लै देखिए । हवाई र सडक यात्राबाट पुग्नेहरूको घुइँचो हेर्न त्यहाँका सीमित होटल तथा होमस्टे पुग्दा थाहा हुँदो रहेछ । किनभने होटलका कोठाहरू भरिभराउ भएर चौरमा टेन्टमा रात कटाउनेहरूको संख्या गुँरास होटलको चौरभरि देखियो । ‘कोरोनाले गर्दा धेरै मान्छे आउन पाएनन् । नत्र यो बेला यहाँ आन्तरिक पर्यटकहरू भरिभराउ हुन्थे‚’ मुगुका होटल तथा पर्यटन व्यवसायी खड्ग शाहीले भने ।

छिनछिनमा रंग बदलिरहने रारा बिहान कालो, दिउँसो नीलो र बेलुकी सप्तरङ्गी रूपमा हेर्न सकिँदो रहेछ । त्यसैले त जन्मेपछि एकपटक रारा पुग्नैपर्छ भन्छन् त्यहाँ गएर फर्कनेहरू । र यसो भन्नेहरूमै म पनि सामेल भएको छु अब ।

पर्याप्त पूर्वाधार नभए पनि रारा पुग्नेहरूलाई खान बस्नको खासै समस्या रहेनछ । धेरै महंगो पनि छैन । सल्लेरीमा होटल तथा साना रिसोर्टहरू बनिरहेका छन् । शाही भन्छन्‚ ‘लगानीको तुलनामा यहाँको खानपान र बसोबास सस्तै छ । तर पर्यटकको रारा बसाइ लम्ब्याउन सेवासुविधा र पूर्वाधार निर्माणमा अझै धेरै गर्न बाँकी छ ।

कसरी जाने त ?
सुन्दरताले मोहित बनाएकाले होला, धेरैले देश विदेश घुमेर पनि रारा पुगिएन भने यात्रा अपूरो हुन्छ भन्ने गर्छन् । मुगुको रारा छायाँनाथ नगरपालिकामा पर्ने रारा पुग्न पहिलाजस्तो दुःख पनि छैन अहिले । हवाई तथा स्थल मार्ग दुवैबाट सहज रूपमा पुग्न सकिन्छ । पहिला रारा पुग्न सुर्खेतबाटै १० देखि १२ दिन लाग्ने गर्थ्यो रे । तर‚ अहिले समय व्यवस्थापन गर्न सक्ने हो भने काठमाडौँबाट तीन दिनमै पुग्न सकिन्छ । काठमाडौँबाटै जुम्लासम्म दैनिक सार्वजनिक बस पनि चल्छन् । दिन-रात चल्ने ती बसबाट करिब ३० देखि ३५ घन्टामा जुम्ला पुगिन्छ ।

सुर्खेतदेखि जुम्लासम्म करिब चार सय किलोमिटर सडक कालोपत्रे छ । तर भत्केर कच्ची भइसकेको छ धेरै ठाउँमा । कर्णाली राजमार्गको यात्रामा सतर्कता र साहस दुवै आवश्यक पर्छ । सुर्खेतबाट दैलेख, कालिकोट, जुम्ला हुँदै मुगुको रारा जाने हो । सिजनका बेला मोटरसाइकलमा पुग्नेहरू बाक्लै भेटिन्छन् । आजकल निजी कम्पनीहरूले पनि रारा भ्रमणको प्याकेज सुरु गरेका छन् । काठमाडौँबाट जाने हो भने ‘फोरह्विल’ गाडी र बाटो बुझेका चालक तय गर्नु उपयुक्त हुन्छ । अन्यत्रबाट जाने हो भने बाटोमा जोडिँदै जोडिँदै सुर्खेतसम्म जताबाट पनि पुग्न सकिन्छ । तर‚ त्यहाँबाट भने एउटै बाटो कर्णाली राजमार्ग हो ।

हतार छैन भने पहिलो दिन काठमाडौँबाट निस्किएर घुम्दै दाङ वा नेपालगञ्ज बस्नेगरी जान सकिन्छ । बिहान ठिक ४ बजे निस्किएर राति बस्न सुर्खेतसम्मै पुग्न पनि सकिन्छ । बाँकेको कोहलपुरबाट ८६ किलोमिटर टाढाको सुर्खेत झण्डै २ घण्टामा पुगिन्छ । छोटो तर थोरै कच्ची बाटो जाने हो भने तुल्सीपुर हुँदै सल्यानको काल्चे पहाड निस्केर छिन्चु झर्न सकिन्छ ।

सुर्खेत पुगेपछि कर्णालीको मुख्य यात्रा सुरु हुन्छ । दैलेखको गुराँसे हुँदै दुल्लुको पञ्चकोशी तल्लोडुङ्गेश्वरबाट अघि बढेपछि कर्णाली राजमार्गको खास अप्ठ्यारो र दुरावस्था अनुभव हुन थाल्छ । कर्णाली नदीको तीरैतीर भएर अघि बढ्दा वारी दैलेख, पारी अछामका गाउँबस्ती र फाँटहरू देखिन्छन् । अघि बढ्दै गर्दा बाटोमा सेरीघाट नामक सानो बजार आउँछ । त्यहाँबाट कर्णाली पारी हुम्ला जोड्ने सडक अघि बढ्छ भने वारीको राजमार्ग हुँदै उकालो चढ्दा कालिकोटको सदरमुकाम मान्म पुगिन्छ । सुर्खेतबाट हिँडेर मान्म बस्न पुग्दा राम्रै हुन्छ । बाटोमा  सिजनअनुसारका फलफुल बेच्नेहरू ठाउँठाउँमा भेटिन्छन् ।

अहिले समय व्यवस्थापन गर्न सक्ने हो भने काठमाडौँबाट तीन दिनमै पुग्न सकिन्छ । काठमाडौँबाटै जुम्लासम्म दैनिक सार्वजनिक बस पनि चल्छन् । दिनरात चल्ने ती बसबाट करिब ३५ घण्टामा जुम्ला पुगिन्छ । सुर्खेतदेखि जुम्लासम्म करिब चार सय किलोमिटर सडक कालोपत्रे छ । तर‚ भत्केर कच्ची भइसकेको छ धेरै ठाउँमा ।

भिरालो पाखामा रहेको कालिकोट सदरमुकाम मान्मबाट अघि बढेपछि पिली, ताडी, सेरबाड़ा, नाग्म, गोठिज्युला, सिंजा, हुँदै अघि बढ्नुपर्छ । खलंगा जान पीच बाटो र रारा जानेभए कच्ची बाटो तय गर्नुपर्छ । पहिला रारा पुग्न सुर्खेतबाटै १० देखि १२ दिन लाग्ने गर्थ्यो रे । तर‚ अहिले समय व्यवस्थापन गर्न सक्ने हो भने काठमाडौँबाट तीन दिनमै पुग्न सकिन्छ । काठमाडौँबाटै जुम्लासम्म दैनिक सार्वजनिक बस पनि चल्छन् । दिनरात चल्ने ती बसबाट करिब ३५ घण्टामा जुम्ला पुगिन्छ । सुर्खेतदेखि जुम्लासम्म करिब चार सय किलोमिटर सडक कालोपत्रे छ । तर‚ भत्केर कच्ची भइसकेको छ धेरै ठाउँमा ।

कर्णाली राजमार्गको यात्रामा सतर्कता र साहस दुवै आवश्यक पर्छ । तर‚ सारै अप्ठ्यारो भने छैन । नाग्मा पुगेपछि मुगु र जुम्ला जाने बाटो छुट्टिन्छ । भिरालो र साँगुरो चट्टान फोरेर निर्माण गरिएको सडक हुँदै अघि बढ्दाको डर जुम्लाको सिंजा उपत्यकाको मनमोहक दृश्यले बिर्साइदिन्छ । खस भाषाको उद्गमस्थल सिंजा उपत्यका कम्ता रमाइलो छैन । संसारकै अग्लो ठाउँमा धान फल्ने फाँटका रूपमा परिचित सिंजाले सभ्यतासँगै जुम्ली मार्सीको पहिचान पनि बोकेको छ ।

भुलभुले हुँदै रारा राष्ट्रिय निकुञ्जको चेकपोस्टमा भने साँझको ६ नबज्दै पुग्नुपर्छ । निकुञ्ज हुँदै अघि बढ्न समयमै पुगिएन भने त्यो रातको बास फर्केर भुलभुलेमै बस्नुपर्छ । ‘रातिको समयमा सडक र वन्यजन्तुको संवदेनशीलताका कारण ६ बजेदेखि निकुञ्ज छिर्ने सवारी अनुमति पाइँदैन‚’ चेकपोस्टमा कार्यरत एक सैनिकले भने । समयमै पुग्यो भने राष्ट्रिय निकुञ्ज क्षेत्र हुँदै उकालो लागेर फेरि ओरालो झर्दै मुगुको पिना हुँदै ताल्चा विमानस्थलको गेट नजिकै पुगिन्छ । जुम्ला सदरमुकाम पुगेर खलङ्गा हुँदै जाने हो भने कच्ची सडक अलि डरलाग्दो छ । डाँफेलेक र खालीचौर हुँदै काभ्रा अनि जुम्लाकै चौथा र भुलभुले पुगेर पनि रारा जाने बाटो बनेको छ । त्यो बाटोमा सार्वजनिक सवारी साधन भने चल्दैनन् ।

हवाईमार्ग हुँदै जाने हो भने काठमाडौँदेखि नेपालगञ्ज र त्यहाँबाट फेरि हवाई मार्गबाटै मुगुको ताल्चा विमानस्थल पुगिन्छ । काठमाडौँबाट नै हवाई यात्रा गर्ने हो भने एक दिनमै रारा पुगेर अर्को दिन काठमाडौँ आउन सकिन्छ । हवाईजहाजले राराको एक फन्को आकाशबाटै देखाउने मज्जा भने सडकमार्गबाट लिने अवसर मिल्दैन । तर‚ कालिकोट, दैलेख, जुम्ला र मुगुको मनोरम पहाड तथा पाटन हर्दै जाने हो र समय तथा इच्छाशक्ति पनि छ भने सडक मार्ग उचित हुन्छ । कर्णालीको भूगोल, संस्कृति, जीवनशैली, मौलिक र अर्ग्यानिक खानपानका परिकार तथा नदीनाला, जैविक विविधता, हिमाल, वनजंगल एवं वन्यजन्तु पनि अवलोकन गर्ने अवसर मिल्छ ।

हवाई वा सडक यातायात जसरी पुगेपनि ताल्चा विमानस्थल छेउबाट अघि बढे करिब सात किलोमिटर तल सदरमुकाम गमगढी पुगिन्छ भने उकालो लागेपछि हुटु सल्लेरी पुगिन्छ । त्यहाँ चारैतिर घनाजंगलको बीचमा ठूलो खुला चौर छ । त्यहाँबाट अगाडि गाडी चल्दैनन् । अब कि हिँड्नुपर्छ कि घोडा पाइन्छ ।

अहिले त रारामा इन्टरनेटसमेत चल्छ । राराताल घुमेको फोटो  र भिजुअल लाइभ गरेर छिनभरमै संसारलाई रारा देखाउन सकिन्छ । रारा भ्रमण गर्न सबैभन्दा उपयुक्त समय वैशाख, जेठ, असार र भदौं, असोज, कार्तिक हो । नेपालीहरू दसैँ तथा तिहारका बेला र नयाँ वर्षको आसपासमा बढी घुम्न जाने कारण पनि त्यसैले रहेछ । जेठदेखि असोजसम्मको मौसममा विभिन्न फूलहरू फुल्दा रारा साँच्चै ‘स्वर्गकी अप्सरा’ देखिने रहेछ ।

रारा घुम्न जाँदाको अर्को फाइदा सिंजा उपत्यका र त्यसको सभ्यता तथा सुन्दर फाँटको अवलोकनको अवसर पनि हो । तीन हजार वर्षअघि खस भाषाको उत्पत्तिको थातथलो जुम्लाको सिंजा उपत्यकाको घुमफिर, समयानुसार स्याउ, ओखर, जुम्ली मार्सी र सिमी पनि त कर्णालीका उपहार हुन । रारा घुम्न जाने सोच र खर्चको हिसाबकिताब गर्दा किफायती हुने हो भने २० हजारले काठमाडौँदेखि रारा घुमेर आउन सकिने रहेछ । समय पनि त्यसैअनुसार घटिमा तीनदेखि दश दिनसम्म । रारा पुग्दा पर्यटन विकासमा टेवामात्रै पुग्दैन, स्थानीय बासिन्दा पनि औधी खुसी हुने रहेछन् । उनीहरूलाई पाहुनाहरू आइदिउन् र घुमुन् भन्ने हुँदो रहेछ । कार्तिक अन्तिम साता राराको किनारमा भेटिएकी ४७ वर्षिया सेरी बोहोराले भनिन्–‘टाढाबाट मान्छेहरू आयाको राम्रो, गयाको नराम्रो ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *