उपसभापति धनराजले पार्टी कार्यालयलाई नै भेटघाटको थलो बनाउने

काठमाडौँ । नेपाली कांग्रेसका नवनिर्वाचित उपसभापति धनराज गुरुङले पार्टी कार्यालयलाई  नै नेता कार्यकर्तासँगको भेटघाट स्थल बनाउने बताएका छन् । उनले काठमाडौँ उपत्यकामा बाहिर नगएको तथा विशेष कार्यक्रम परेको अवस्थाबाहेक पार्टी कार्यालयमै कार्यकर्तासँग भेट्ने बताएका हुन् ।

आइतबार बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म पार्टी केन्द्रीय कार्यालय सानेपामा हुने भन्दै उपसभापति गुरुङले आवश्यक भेटघाट त्यहीँ गर्न अनुरोध गरेका हुन् ।

‘भ्याली बाहिर नगएको र विशेष कार्यक्रम नपरेको अवस्थामा भोलि २०७८ पौष ११ गतेबाट सामान्यतया ११ बजेदेखि ३ बजेसम्म म पार्टी केन्द्रीय कार्यालय सानेपामा हुनेछु।’, उनले सामाजिक सञ्जालमा लेखेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *