सिटिजन्स बैंकका कार्डबाहकले सिराइचुली होटलमा छुट पाउने

काठमाडौँ । सिटिजन्स बैंक र नारायणगढ चितवनस्थित सिराइचुली हाेटल बीच सिटिजन्स बैंकको कार्डबाहकलाई विशेष छुट दिने समझदारी भएको छ ।

उक्त समझदारीपछि सिटिजन्स बैंकका कार्डबाहकले सिराइचुली होटलको सेवा सुविधामा विशेष छुट पाउने छन् । यो सहकार्यबाट बैंकका ग्राहक लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।

हालसम्म सिटिजन्स बैंकको कार्ड नभएका ग्राहकलाई पनि तत्कालै नयाँ कार्ड उपलब्ध गराउन सिटिजन्स बैंकले इन्स्ट्यान्ट कार्डको व्यवस्था गरेको छ । मोबाइल बैकिङमार्फत खानेपानी, विजुली तथा इन्टरनेटको बिल भुक्तानी, प्रिपेड तथा पोष्टपेड मोबाइल बिल भुक्तानी, र मुद्दती खाताको आवेदन दिन सक्ने लगायतका व्यवस्था गरेको बैंकले जानकारी गराएको छ ।

सिटिजन्स बैंकले देशैभरी फैलिएका आफ्ना १७४ वटा शाखा, १२३ वटा एटीएम र ८८ वटा शाखारहित बैंकिङ्ग ईकाइबाट करिब १२ लाख ८० हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *