आधार बनाउन सके सबै माओवादीबीच एकता सम्भव छ : गजुरेल

काठमाडौँ । नेकपा माओवादीका स‌ंस्थापकमध्येका एक नेता तथा नेकपा (क्रान्तिकारी माओवादी) का उपाध्यक्ष सीपी गजुरेलले आधार बनाउन सके अझै सबै माओवादीबीच एकता सम्भव भएको बताएका छन् ।

सबै माओवादी एक बनौँ भन्ने माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको प्रस्ताव सकारात्मक रहेकाे भन्दै गजुरेले  त्यसका लागि केही आधार बनाउनुपर्ने बताएका हुन् ।

माओवादी केन्द्रको आठाैँ राष्ट्रिय सम्मेलनको उद्घाटनसत्रलाई सम्बोधन गर्दै गजुरेलले एकताका आधार निर्माण गर्नेबारे यो महाधिवशेनमा छलफल हुनुपर्ने बताए ।

गजुरेलले माओवादी जनयुद्ध सुरु हुनुअघिको बैठकमा प्रस्ताव भएका विषयहरू पुनः उठाउनुपर्ने, माओवादीले जनगणतन्त्रका लागि आगामी थप कार्यक्रमहरू ल्याउनुपर्ने,  एमसीसी खारेज गर्नुपर्ने  र यसका लागि माओवादीकाे जारी ८औँ महाधिवेशनले कार्यक्रम बनाउनुपर्ने लगायतका विषयहरू समेटिए सबै माओवादी एक हुने बताए ।

यसका साथै लिपुलेक लगायत जमिन फिर्ताका लागि थप कार्यक्रम ल्याउनुपर्ने लगायतका मुद्दामा सहमति भए पार्टी एकता हुनसक्ने बताए । उनको यो भनाइलाई हलमा उपस्थित कार्यकर्ताले ताली र हुटिङले स्वागत गरेका थिए ।

मन्तव्यपछि नेता गजुरेलले मञ्चमा प्रचण्डसँग हात मिलाएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *