माओवादी केन्द्रको बन्दसत्र आजबाट, प्रचण्डले प्रतिवेदन पेश गर्ने

काठमाडौँ । नेकपा माओवादी केन्द्रले आठौँ महाधिवेशनअन्तर्गत आज बन्दसत्र गर्ने भएको छ । आज बिहान ११ बजे काठमाडौँको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको भवनमा बन्दसत्र हुनेछ ।

आइतबार भएकाे सत्रको समापनको अवसरमा उद्घोषक समेत रहेका स्थायी समिति सदस्य जनार्दन शर्माले बन्दसत्रको बारेमा जानकारी दिएका थिए । बन्दसत्रमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को राजनीतिक प्रतिवेदन, विधानलगायतका अन्य प्रतिवेदन पेश हुनेछ ।

विचारको महाधिवेशनको रुपमा चित्रण गरेको माओवादीको बन्दसत्रमा कूल १,६३१ जना प्रतिनिधि तथा पर्यवेक्षक सहभागी हुनेछन् । सबै क्लस्टर मिलाउँदा त्यो संख्यामा अझै केही वृद्धि भएको बताइएको छ । सात भौगोलिक प्रदेश र तीन गैरभौगोलिक प्रदेशबाट प्रतिनिधि सम्मेलनमा सहभागी छन् । बन्दसत्रमा अध्यक्ष प्रचण्डको राजनीतिक प्रतिवेदनमाथि सामूहिक छलफल गर्ने कार्यक्रम छ ।

राजनीतिक प्रतिवेदन, विधान पारितसँगै नयाँ नेतृत्वको चयन गर्ने कार्यसूची रहेको माओवादी केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालले जानकारी दिए । राष्ट्रिय सम्मेलनको आयोजना गरेको माओवादीले शनिबार मात्रै महाधिवेशनमा रुपान्तरण गरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *