एसीसी यू-१९ एसिया कप

कुवेतलाई पराजित गर्दै सुखद अन्त्य गर्ने सोचमा नेपाल

काठमाडाैँ । एसीसी यू-१९ एसिया कपमा नेपालले आज आफ्नो अन्तिम खेलमा कुवेतसँग प्रतिस्पर्धा गर्दै छ । प्रतियोगिताबाट बाहिरिइसकेको नेपाल पहिलो खेलमा बंगलादेश तथा दोस्रो खेलमा श्रीलंकासँग पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको थियो ।

दुबईको आईसीसी एकेडेमीमा कुवेत र नेपालबिचको खेल ११:१५ मा सुरु हुने छ । प्रतियोगिताको समूह बी मा रहेको नेपाल यसअघिनै प्रतियोगिताबाट बाहिरिइसकेको छ । समूह बीबाट बंगलादेश र श्रीलंकाले सेमिफाइनलमा स्थान बनाइसक्दा समूह ए बाट भारत र पाकिस्तानले अन्तिम चारमा स्थान बनाएका छन् ।

प्रतियोगिताको पहिलो खेलमा नेपाल टेस्ट राष्ट्र बंगलादेशसँग १ सय ५४ रनले पराजित हुँदा दोस्रो खेलमा अर्को टेस्ट राष्ट्र श्रीलंकासँग राम्रो ब्याटिङका बाबजुद ६० रनले पराजित भएको थियो ।

समूहमा नेपाल तेस्रो स्थानमा रहँदा कुवेत पुछारमा रहेको छ । नेपाल र कुवेत अंक विहीन छन् । यद्यपि कुवेतविरुद्ध भने नेपालको इतिहास बलियो रहेको छ । पछिल्लो चार खेलमा नेपालले सबै खेलमा कुवेतलाई पराजित गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *