दुई खेल बाँकी छँदै अस्ट्रेलियाले जित्यो एसेस सिरिज

काठमाडाैँ । इंग्ल्यान्ड र अस्ट्रेलियाबीच जारी एसेस सिरिज अस्ट्रेलियाले जितेको छ । दुई खेल बाँकी हुँदै सिरिज ३-० ले जितेको हो । मेलवर्नमा भएको तेस्रो टेस्ट अस्ट्रेलियाल इनिङ र १४ रनको फराकिलो जित निकाल्न सफल भयो ।

तेस्रो दिनको सुरुवातमा नै मंगलबार इंग्लिस टीम थप ३७ रन जोड्दा सम्पूर्ण विकेट गुमाउन पुगेपछि सिरिजमा अस्ट्रेलियाले फराकिलो जित निकालेको हो । बक्सिङ डे टेस्टको तेस्रो दिन ३१-४ बाट आफ्नो खेल सुरु गरेको इंग्ल्यान्ड ८१ मिनेट भित्र केवल ६८ रन भित्र आफ्ना सम्पूर्ण विकेट गुमाउन बाध्य भयो ।

अस्ट्रेलियाको जितमा डेब्यु गरिरहेका स्कट बोलान्डले सनसनीपूर्ण इनिङ खेले उनले ७ रन दिएर ६ विकेट लिँदै सनसनी मच्चाए । बोलान्डले दोस्रो दिन २ विकेट लिएका थिए। इंग्ल्याडले अन्तिम ४ विकेट १६ बल भित्र गुमाएको थियो । इंग्ल्यान्डको यो मेलबर्नमा सर्वाधिक खराब प्रदर्शन हो । इंग्ल्यान्ड यसअघि दोस्रो दिनको खेल सकिँदा सम्म इंग्लिस टीम दोस्रो इनिङमा ४ विकेट गुमाएर ३१ रनको अवस्थामा क्रिजमा रहेको थियो ।

इंगल्यान्डलाई दोस्रो इनिङमा कमजोर बनाउने क्रममा अस्ट्रेलियाका लागि बोलान्ड सँगै मिचेल स्टार्कले ३ विकेट लिए । थप एक विकेट क्यामरुन ग्रिनको नाममा रह्यो ।

यसअघि अस्ट्रेलिया पहिलो इनिङमा २ सय ६७ रनमा समेटिएको थियो । जहाँ उसले पहिलो इनिङमा इंग्ल्यान्ड भन्दा ८२ रनको अग्रता बनायो । तर दोस्रो इनिङमा केवल ६८ रनमानै अलआउट भएपछि अस्ट्रेलियाले इनिङ र १४ रनले खेल आफ्नो पक्षमा पार्‍यो ।

पहिलो इनिङमा अस्ट्रेलियाका लागि ओपनर मार्कुस ह्यारिसले सर्वाधिक ७६ रनको योगदान दिँदा डेभिड वार्नर ३८ रनमा आउट भए । त्यस्तै ट्राभिस हेड २७ तथा प्याट कमिन्सले २१ रन बनाएर आउट हुँदा मिचेल स्टर्रक २४ रनमा अविजित रहे ।

इंग्ल्यान्डका लागि जेम्स एन्डरसनले ४ विकेट लिँदा ओली रोविनसन र मार्क उडले समान २-२ विकेट लिए । त्यस्तै बेन स्टोक्स र ज्या लिचका नाममा १-१ विकेट रह्यो ।

दोस्रो दिननै दोस्रो इनिङ सुरु गरेको इंग्ल्यान्ड खराब प्रदर्शनको सिकार भयो। उसका लागि दोस्रो इनिङमा जो रुटको २८ रन सर्वाधिक रह्यो । उनी बाहेक बेन स्टोक्सले ११ रन जोड्नु थप दोहोरो स्कोरका रुपमा रह्यो । अन्य कुनैपनि खेलाडीले दोहोरो रनको स्कोर तयार गर्न सकेनन् । यी दुईबिचको चौथो टेस्ट सिड्नीमा ४ जनवरीबाट सुरु हुँदै छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *