सेन्ट्रल जोन च्याम्पियन महिला टोलीलाई प्रधान मन्त्री देउवाको बधाई

काठमाडाैँ । प्रधान मन्त्री शेरबहादुर देउवाले एशियन सेन्ट्रल जोन महिला भलिबलको उपाधि जित्ने नेपाली राष्ट्रिय महिला टोलीलाई बधाई दिएका छन् । लगातार दोस्रो पटक उक्त उपाधि जिते लगत्तै उनले सामाजिक सञ्जालमार्फत टोलीलाई बधाई दिएका हुन् ।

प्रधानमन्त्री देउवाले आगामी दिनमा पनि उत्कृष्ट प्रदर्शन गर्दै निरन्तर सफलता प्राप्तिका लागि नेपाली टोलीलाई शुभकामना दिए । बङ्गलादेशमा मङ्गलबार सम्पन्न फाइनल खेलमा नेपाली महिला टोलीले उज्वेकिस्तानलाई ३-२ सेटमा पराजित गर्दै उपाधि जितेको हो ।

ढाकास्थित शाहिद सूरवार्दी इन्डोर रङ्गशालामा नेपालले प्रतिस्पर्धात्मक खेलमा उज्वेकिस्तानलाई २६-२४, २४-२६, २५-१५, २५-२२ र १५-११ अङ्कले पराजित गरेको हो ।

प्रतियोगितामा नेपालसहित ६ देशको सहभागिता रहेको थियो । नेपालले सन् २०१९ मा बङ्गलादेशमै सम्पन्न उक्त प्रतियोगिताको पहिलो संस्करणको फाइनलमा माल्दिभ्सलाई पराजित गर्दै उपाधि जितेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *