दक्षिण अफ्रिकामाथि भारतको फराकिलो जित

काठमाडौँ । दक्षिण अफ्रिकासँगको  शृङ्खलाको पहिलो टेस्टमा भारत विजयी भएको छ । ३०५ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिका १९१ रनमै समेटिँदा भारत ११३ रनले विजयी भएको हो । जितसँगै विराट कोहलीको कप्तानीमा रहेको भारतले शृङ्खलामा १-० को अग्रता बनाएको छ ।

सेन्चुरियन मैदानमा भारतले हात पारेको यो पहिलो जित हो । याे भारतको यो ५६ औँ फरक मैदानको जितका रूपमा समेत रह्यो। यो सँगै भारतले सर्वाधिक धेरै मैदानमा जित निकालेको अस्ट्रेलियाको विश्व रेकर्ड बराबरी समेत गरेको छ ।

दोस्रो इनिङमा दक्षिण अफ्रिकाका कप्तान डिन इल्गरले सर्वाधिक ७७ र टम्बा बाभुमाले ३५ रन बनाए । भारतका लागि जसप्रति बुमराह र मोहमद्ध सामीले ३-३ र मोहम्मद सिराज र रभिचन्द्र आश्विनले २-२ विकेट लिए ।

त्यसअघि भारत आफ्नो दोस्रो इनिङमा १७४ रनमा समेटिएको थियो। दक्षिण अफ्रिकाका कागिसो रबाडा र मार्को जेनसेनले ४-४ विकेट लिएका थिए। पहिलो इनिङमा भने भारतले केएल राहुलको १२३ रनको शतकीय इनिङमा ३२७ रन बनाएको थियो । उनलाई अर्का ओपनर मंयक अग्रवालले ६० रन बनाएर साथ दिएका थिए।

दक्षिण अफ्रिकाका लागि लुंगिडीले ६ र रबाडाले ३ विकेट लिएका थिए। तर दक्षिण अफ्रिका पहिलो इनिङमा १९७ रनमा समेटिएको थियो । उसका लागि टेम्बा बाभुमाले ५२ रन बनाउनु नै सर्वाधिक रनका रूपमा रहेको थियो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *