राष्ट्र निर्माणमा मेलमिलापवादको खाँचो : शेखर कोइराला
काठमाडौँ । कांग्रेस नेता डा. शेखर कोइरालाले राष्ट्र निर्माणमा वादविवाद भन्दा मेलमिलाप वादको खाँचो रहेको बताएका छन् । राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको सन्दर्भमा सामाजिक सञ्जालमार्फत् नेता डा. कोइरालाले यसको सान्दर्भिकता कैयन गुणा बढेर गएको समेत बताएका छन् ।
उनले लेखेका छन्, ‘जननायक बिपी कोइरालाद्धारा प्रतिपादित राष्ट्रिय मेलमिलाप ४६ वर्षमा प्रवेश गरेको छ। आजको यस ऐतिहासिक अवसरमा कुनै पनि वाद र विवाद भन्दा माथि मेलमिलाप वादको खाँचो राष्ट्र निर्माणको लागि छ। मेलमिलापको सान्दर्भिकता आज पनि कैयन गुणा बढेको छ। महाशक्ति राष्ट्रहरूको चलखेललाई निस्तेज पार्दै नेपालको सार्वभौमसत्ता र अखण्डतालाई अक्षुण्ण राख्ने चुनौती हाम्रो सामु छ।अन्तमा, बिपीको मेलमिलाप वादी मार्गमा निष्ठा र इमानदारीपूर्वकता लाग्न हामी सबैलाई बिपीबाट प्रेरणा मिलोस्।’
उनले महाशक्ति राष्ट्रले गर्ने चलखेललाई निस्तेज पार्दै देशको सार्वभौमसत्ता र अखण्डतालाई अक्षुण्ण राख्ने नेपालीमाथि चुनौती रहेको समेत उल्लेख गरेका छन् ।