सवारी ज्यान मुद्दामा मन्त्री सोडारीका छोरा पक्राउ
मकालु खबर
२०७८ पुस १९ गते
धनगढी । सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री दीर्घबहादुर सोडारीका छोरा बबी सोडारी पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीका डीएसपी वेदप्रकाश जोशीकाअनुसार २३ वर्षीय सोडारी सवारी ज्यान मुद्दामा पक्राउ परेका हुन् ।
यही पुस २ गते कैलालीको टीकापुरमा सोडारीले चलाएको बागमती प्रदेश ०१०२५ च ६६५५ नम्बरको गाडीको ठक्करबाट घाइते भएकी पैदल यात्री ९५ वर्षीया दुर्गादेवी न्यौपानेको उपचारको क्रममा मृत्यु भएपछि उनलाई पक्राउ गरिएको हो । डीएसपी जोशीले अनुसन्धानका लागि सोडारीलाई पक्राउ गरिएको बताए ।
वृद्धाको उपचारको क्रममा नेपालगञ्जस्थित अस्पतालमा पुस ११ गते मृत्यु भएको थियो ।
मकालु खबर
२०७८ पुस १९ गते
प्रतिक्रिया
सम्बन्धित