नेपाल टेलिकमको निमित्त प्रबन्ध निर्देशकमा प्रतिभा वैद्य
मकालु खबर
२०७८ पुस १९ गते
काठमाडौँ । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम)को निमित्त प्रबन्ध निर्देशकमा कम्पनीका नायब प्रबन्ध निर्देशक प्रतिभा वैद्य नियुक्त भएकी छन् ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको सचिवस्तरीय निर्णयबाट बैद्यलाई निमित्त प्रबन्ध निर्देशकमा नियुक्त गरिएको हो । मन्त्रालयबाट टेलिकमलाई उक्त नियुक्तिसम्बन्धी पत्र १८ पुसमा प्राप्त भएको टेलिमले जनाएको छ ।
टेलिकमको प्रबन्ध निर्देशकको पदका लागि दरखास्त आह्वान गरिएको छ । तर, उक्त प्रक्रिया सम्पन्न भइनसकेकोले कम्पनीको नायब प्रबन्ध निर्देशकको रुपमा प्रमुख प्राविधिक अधिकृतको कार्यभार सम्हाल्दै आएकी बैद्यलाई उक्त जिम्मेवारी दिइएको टेलिकमले जनाएको छ ।
नवनियुक्त निमित्त प्रबन्ध निर्देशकले वैद्यले कम्पनीको प्रगतितर्फ एकजुट भई अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरेकी छन् ।
मकालु खबर
२०७८ पुस १९ गते
प्रतिक्रिया
सम्बन्धित