राप्रपामा ३१ जना केन्द्रीय सदस्य मनाेनीत, को-को परे?

काठमाडौँ । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले ३१ जनालाई राप्रपाको केन्द्रीय सदस्यमा मनोनयन गरेका छन् । लिङ्देनले मंगलबार विज्ञप्ति निकालेर विधान बमोजिम ३१ जनालाई केन्द्रीय सदस्यमा मनोनयन गरेको जनाएका हुन् ।

मनोनीत हुनेमा रुपन्देहीका दिपक बोहरा, उदयपुरका हरिबहादुर बस्नेत, रामेछापका नवराज सुवेदी, रोल्पाका बालाराम घर्ती मगर, भोजपुरका टंक ढकाल, बाँकेका प्रेमबहादुर भण्डारी, रुपन्देहीका निरञ्जन थापा, म्याग्दीका भिमप्रसाद गौचन, लमजुङका हेमजंग गुरुङ, र धादिङका ठाकुरप्रसाद शर्मा छन् ।

यस्तै सुनसरीका रामकुमार सुब्बा, सुर्खेतका मुकुन्दश्याम गिरी, भक्तपुरका दिनेश श्रेष्ठ, काठमाडौँका प्राडा गीताभक्त जोशी, झापाका भक्तिप्रसाद सिटौला, गोरखाका मोहनकुमार श्रेष्ठ, नुवाकोटका झनक प्याकुरेल, अछामका श्यामबहादुर शाही, सोलुखुम्बुका एजी शेर्पा र ललितपुरका पुष्पराज पुरुष, छन् ।

यस्तै जुम्लाका रमानन्द न्यौपाने, नवलपरासीका सरोजा शर्मा, सिरहाका रामप्रताप साह (भोला), खोटाङका रविन चाम्लिङ, स्याङ्जाका उदयराज पोखरेल, काठमाडौँका सरस्वती केसी अधिकारी, रामेछापका दिनेश कार्की, कैलालीका वीरेन्द्र बम, रुकुम पूर्वका केशवचन्द्र समाल, झापाका अम्बरबहादुर विष्ट र काठमाडौँका नवीन शाहीलाई केन्द्रीय सदस्यमा मनोनयन गरिएको राप्रपाले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *