आजदेखि दिने भनिएको कोरोनाको ‘बुस्टर डोज’ खोप स्थगित
मकालु खबर
२०७८ पुस २० गते
काठमाडौँ । सरकारले ६० वर्षमाथिका नागरिक र दीर्घ रोगीलाई दिने भनेको कोरोना भाइरसविरुद्धको ‘बुस्टर’ डोज खोप कार्यक्रम स्थगित गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले निकालेर अभियान हाललाई कार्यक्रम स्थगित गरिएको जनाएको हो ।
सबै नेपालीलाई कोरोनाविरुद्धको खोपको पूरा मात्रा चाँडै उपलब्ध गराउनका लागि राष्ट्रिय खोप अभियानका बारेमा प्राविधिक विषयमा छलफल तथा तयारी गर्न आवश्यक भएकाले तत्काललाई खोप स्थगित गरिएको जनाएको हो । यसबारेमा चाँडै थप जानकारी गराइने स्वास्थ्य मन्त्रालय स्रोतले जनाएको छ ।
सरकारले भेरोसेल खोप लगाएका ६० वर्षमाथिका ज्येष्ठ नागरिक र दीर्घ रोगीलाई आजदेखि बुस्टर डोज खोप दिने सूचना हिजो निकालेको थियो ।
मकालु खबर
२०७८ पुस २० गते
प्रतिक्रिया
सम्बन्धित