एसबिआई बैंकको साधारणसभाद्वारा ५.३१ प्रतिशत लाभांश पारित
मकालु खबर
२०७८ पुस २० गते
काठमाडौँ । नेपाल एसबिआई बैंकको २८औँ वार्षिक साधारण सभा मंगलबार सम्पन्न भएको छ ।
बैंकको साधारण सभाले ५.३१ प्रतिशतका दरले सेयरधनीलाई लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।
उक्त लाभांश मध्ये ३.५० प्रतिशत बोनश शेयर र १.८१ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव समेत पारित गरेको छ ।
उक्त साधारण सभाले सर्वसाधारण शेयरधनीको तर्फबाट सञ्चालक समितीमा प्रतिनिधित्व गर्ने संचालकमा अप्सरा उप्रेतीलाई निर्विरोध निर्वाचित गरेको छ ।
मकालु खबर
२०७८ पुस २० गते
प्रतिक्रिया
सम्बन्धित