बालुवाटार जग्गा प्रकरण : विजय गच्छदार, दीपकुमार बस्न्यातलगायतलाई पक्राउ पुर्जी जारी
काठमाडौँ । बालुवाटार जग्गा प्रकरणमा ‘हाइप्रोफाइल’ व्यक्तिहरूलाई पक्राउ पूर्जी जारी गरिएको छ । केन्द्रीय अनुसन्धान ब्यूरोले अनुसन्धान अन्तिम चरणमा पुर्याएपछि विजय गच्छदार, दीपकुमार बस्न्यातसहित ३०० भन्दा बढीलाई पक्राउ पूर्जी जारी गरिएकाे हाे ।
केन्द्रीय अनुसन्धान ब्यूरोका प्रवक्ता (प्रहरी उपरीक्षक–एसपी) श्यामकुमार महताेका अनुसार व्युराेले उक्त प्रकरणमा दाेषी देखिएका ती व्यक्तिलाइ पक्राउ पुर्जी जारी गरिएकाे हाे ।
व्युराेले पक्राउ पुर्जी जारी गरिएकाहरूकाे नाम सार्वजनिक नगरेकाे भए पनि नेता गच्छदार र बस्न्यतासँगै भूमिसुधार मन्त्रालयका तत्कालीन छविराज पन्त, दिनेशहरि अधिकारी, पूर्वसचिव नारायणगोपाल मलेगोलगायतलाई पूर्जी जारी गरिएको स्राेतले बताएकाे छ ।
यद्यपि, अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालयमा लगेपछि ब्यूरोले ‘हाइप्रोफाइल’ व्यक्तिलाई पक्राउ गर्ने तयारी गरेकाे बुझिएकाे छ ।
बालुवाटार जग्गा प्रकरणमा बिचौलियाको आरोप लागेका शोभाकान्त ढकाल, रामकुमार सुवेदी र माधवी सुवेदीलाई प्रहरीले पक्राउ गरिसकेकाे छ । उनीहरू अहिले थुनामा छन् । बाँकी कोही पनि पक्राउ परेका छैनन् ।
पक्राउ परेका मध्ये शाेभाकान्त ढकालमाथि बुधबार मात्रै राजस्व अनुसन्धान विभागले १ अर्बभन्दा बढी कर छली गरेकाे भन्दै अदालतमा मुद्दा समेत दायर गरेकाे छ ।