ग्लोबल आइएमई बैंकले किसान कार्डमार्फत सहुलियतपूर्ण कृषि कर्जा दिने

काठमाडौं । ग्लोबल आइएमई बैंक, आर एन्ड डि. इनोभेटिभ सोलुसन र दिक्तेल रुपाकोट मझुवा गढी नगरपालिका बिच कृषि क्षेत्रको आधुनिकीकरण मार्फत आत्मनिर्भर एवं व्यावसायिक कृषक उत्पादनका लागि कर्जा सहजीकरण सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर सम्पन्न भएको छ ।

उक्त समझदारी पत्रमा ग्लोबल आइएमई बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य, आर एन्ड डि. इनोभेटिभ सोलुसन प्रालिका प्रमुख कार्यकारी अधिकृत सुनिता न्हेमाफुकी, दिक्तेल रुपाकोट मझुवा गढी नगरपालिकाको तर्फबाट नगरपालिकाका उपमेयर बिनादेवी राई र इन्फीकेयरका निर्देशक सविन मानन्धरले समझदारी पत्रमा हस्ताक्षर गरेका हुन। ।

सम्झौता अनुसार ग्लोबल आइएमई बैंकले आर एन्ड डि. इनोभेटिभ सोलुसन प्रालि तथा दिक्तेल रुपाकोट मझुवा गढी नगरपालिकाको सिफारिसमा कृषि पेसामा आबद्ध व्यावसायिक कृषकहरुलाई आवश्यक मल खाद, बीउ–बिजन तथा विषादी खरिद गर्न ग्लोबल किसान कार्ड मार्फत सहुलियतपूर्ण ब्याजदर मा कृषि कर्जा उपलब्ध गराउने जनाएको छ ।

दिक्तेल रुपाकोट मझुवा गढी नगरपालिका र आर एन्ड डि.इनोभेटिभ सोलुसन प्रालिले कृषक पहिचान तथा कृषकहरूलाई आवश्यक तालिम प्रदान गर्नेछन् ।

कर्जा, नेपाल सरकार अर्थ मन्त्रालयबाट जारी भएको सहुलियतपूर्ण कजाका लागि ब्याज अनुदान सम्बन्धी एकीकृत कार्यविधि, २०७५ (संशोधन समेत) अन्तर्गत व्यावसायिक कृषि तथा पशुपन्छी कर्जा अनुसार व्याज अनुदान प्रदान गरिनेछ ।

कृषि सामग्री बिक्रेता दर्ता गर्ने (डेटाबेस व्यवस्थापन) तथा कार्ड मार्फत हुने भुक्तानीको प्राविधिक सहजीकरण इन्फीकेयर प्रालिले गर्ने जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *