लामो समयदेखि थन्किएको रेलको पुनः परीक्षण
मकालु खबर
२०७८ पुस २४ गते
जनकपुरधाम । धनुषाको इनरुवा स्टेसनमा लामो समयदेखि थन्किएको दुवै रेलको इन्जिन शनिबार परीक्षण गरिएको छ । खरिद गरिएको लामो समयपछि एकै स्थानमा राखिएकोले दुवै रेलको इन्जिनलाई शनिबार कुर्थासम्म गुडाएर पुर्याइएको हो ।
नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक निरन्जन झाले लामो समयदेखि एकै स्थानमा राखिएको रेलको इन्जिन ट्रायलको लागि चलाएको बताए ।
खरिद गरेर नेपाल आएदेखि रेल नचलाउँदा दुवै रेलका इन्जिनका ब्याट्री, चक्काको पिस्टन, जेनरेटर खराब भएको थियो । शनिबार कुर्था ल्याउनुअघि दुवै रेलको इन्जिन मर्मत सम्भार गरिएको महाप्रबन्धक झाले बताए ।
मकालु खबर
२०७८ पुस २४ गते
प्रतिक्रिया
सम्बन्धित