कामना सेवा विकास बैंक र मोको एप बिच डिजिटल भुक्तानीको लागि साझेदारी
काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेड र मोकोे एप बिच फोकस वान सेमेन्ट सोलुसन्सको डिजिटल वालेट सुविधा आदान प्रदान गर्ने गरी साझेदारी पत्रमा हस्ताक्षर सम्पन्न भएको छ ।
उक्त साझेदारी पत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेत र फोकस वान सेमेन्ट सोलुसन्सका प्रमुख कार्यकारी अधिकृत प्रणय राजभण्डारीले संयुक्त रुपमा हस्ताक्षर गरेका छन् ।
मोको मोबाइल एप नेपालमा पहिलोे ’ओपन लुप नन–स्टोर भ्यालु’ डिजिटल वालेट हो जसमा ग्राहकहरूले सजिलै आफ्नो कार्डको विवरण राखी तुरुन्तै क्युआर कोडको माध्यमबाट विभिन्न मर्चेन्ट आउट लेटहरूमा पेमेन्ट गर्न सक्ने जनाएको छ ।
कामना सेवा विकास बैंक लिमिटेडका भिसा कार्ड प्रयोगकर्ताहरूले अब मोको एपमा आफ्नो डेबिट कार्ड लिङ्क गरी खरिद तथा विभिन्न सेवाहरूको भुक्तानीको लागि प्रयोग गर्न सक्नेछन् – जस्तै टेलिकम टप–अप, इन्टरनेट र बिजुलीको बिल, आदि । यो सेवा लिन डिजिटल वालेटमा ग्राहकहरूले पटक–पटक ब्यालेन्स लोड गरी रहन नपर्नै जनाएको छ ।