सिटिजन्स बैंकद्वारा थप ‘प्रिभिलेज’ काउन्टर विस्तार
काठमाडौं । सिटिजन्स बैंकले आफ्ना ग्राहकलाई छिटो छरितो, झन्झटमुक्त र विशिष्टीकृत सेवाहरू प्रदान गर्ने उद्देश्यले गण्डकी प्रदेशको सिमल चौर (पोखरा) शाखामा ‘प्रिभिलेज’ काउन्टर विस्तार गरेको छ ।
यस अघि बैंकले प्रधान कार्यालय नारायणहिटी पथ , काठमाण्डौं तथा कमलादी काठमाण्डौं,लुम्बिनी प्रदेशको कालिका नगर शाखामा , प्रदेश नंं .१ को विराटनगर र बिर्तामोड शाखामा र प्रदेश नंं.२ को राजविराज शाखामा मा रहेको प्रिभिलेज’ काउन्टर बाट आफ्ना ग्राहकहरूलाई विशेष बैंकिङ्ग सेवा प्रदान गर्दे आइरहेको थियो ।
कोरोना भाइरसको महामारीबाट सम्पूर्ण विश्व नै आक्रान्त बनेको अवस्थामा यस बैंकले नवीनतम प्रविधिको अधिकतम प्रयोग गर्दै सावधानी पूर्वक आफ्ना आदरणीय ग्राहकको वित्तीय आवश्यकताहरू डिजिटल प्रदान गरिरहेको छ ।
यसलाई मूर्त रूप प्रदान गर्न बैंकले चेकको प्रयोग नगरी आफ्नो मोबाइल बैंकिङ्ग एपमा लग–ईन गरेर काउन्टरमा भएको क्यु आर कोड स्क्यान गरी खाताबाट रकम झिक्न स्क्यान तथा वीथड्र सेवा, मोबाइल बैंकिङ्गको पिन नं बिर्सेमा बैंकको शाखामा गएर निवेदन दिने झन्झट बाट मुक्त हुन घरबाटै पिन रिसेट गर्न सकिने जस्ता सेवाहरूको थालनी गरेको जनाएको छ ।
साथै कोभिड १९ को अवस्थालाई मध्यनजर गर्दै ग्राहकलाई बैंकमा नआईकनै बैङ्किङ सुविधा प्राप्त गर्न सहज होस् भनी बैंकमा बचत खाता सञ्चालन गर्दै आएका ग्राहकलाई बैंकको मोबाइल बैङ्किङ, इन्टरनेट बैङ्किङ, शेयर कारोबारको सहजीकरणको लागि डी—म्याट तथा आस्बा सेवा,कार्ड लगायतका विद्मुतिय भुक्तानीका माध्यमहरूमा पहिलो वर्षको शुल्क मिनाहा हुने व्यवस्था समेत मिलाइएको बेकले जनाएको छ ।