प्रधान मन्त्रीकप टी-२० क्रिकेट : सुदूरपश्चिमको पहिलो जित

काठमाडौँ । प्रधान मन्त्रीकप टी-२० क्रिकेटमा सुदूरपश्चिमले प्रतियोगितामा पहिलो जित निकालेको छ । बिहिबार टियू मैदान कीर्तिपुरमा भएको खेलमा सुदूरपश्चिमले कर्णाली प्रदेशलाई ४७ रनले पराजित गर्‍यो।

टस हारेर पहिलो ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ५३ रन बनाएको थियो । सुदूरपश्चिमका लागि दिपेन्द्र बोहराले २२ रन बनाउँदा दिपक बोहराले २५ तथा अर्जुन साउदले ३२ रनको योगदान दिएका थिए। त्यस्तै बसन्त कार्कीले २८ रन जोडे। हेमन्त धामीको नाममा १० रन रह्यो।

सुदूरपश्चिमका प्रकाश जैशीका नाममा ३ विकेट रह्यो । त्यस्तै दिवन पुन र रविन्द्र शाहीले समान २-२ विकेट लिए । दिनेश अधिकारीले १ विकेट हात पारे।

१५४ रनको लक्ष्य पछ्याएको कर्णली १९.१ ओभरमा १०६ रनमा समेटियो कर्णालीका लागि ओपनर तथा कप्तान रविन्द्र शाहीले ३५ रन बनाउँदा अर्जुन घर्तीले ३० रन बनाए । अन्य खेलाडीको प्रदर्शन भने गतिलो रहेन थप दोहोरो स्कोरका रुपमा अनुप कुंवरको १३ रन रह्यो।

कर्णालीलाई सस्तैमा समेट्ने क्रममा शेर मल्लले ४ विकेट लिंदा हेमन्त धामीले २ तथा भिकास अग्री, आदित्य महता र गजेन्द्र बोहराले समान १-१ विकेट लिए।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *