यतीबाट फ्लाइट बुकिङ गरी खल्ती मार्फत भुक्तानी गर्दा क्यासब्याक पाइने
काठमाडौँ । अनलाइन भुक्तानी सेवा प्रदायक ‘खल्ती’ले यती एयरलाइन्ससँगको साझेदारीमा ४ सय ५० रुपैयाँ क्यासब्याक अफर ल्याएको छ।
यो अफरको मुख्य उद्देश्य ग्राहकलाई डिजिटल भुक्तानी गर्न प्रोत्साहित गर्ने र फ्लाइट बुकिङलाई सहज बनाउनु रहेको जनाइएको छ।
फ्लाइट बुकिङमा क्यासब्याक दुई चरणमा प्राप्त हुनेछ। बुकिङ गर्दाको बिल रकममा १५० घट्नेछ भने बाँकी रहेको ३ सय रुपैयाँ ‘खल्ती’ वालेटमा क्यासब्याक स्वरूप प्राप्त हुनेछ।
यो अफर जनवरी १३ , २०२२ देखि फेब्रुअरी १५, २०२२ सम्म मान्य हुने जनाइएको छ।
फ्लाइट टिकट बुक भई प्रयोगकर्ताहरूले आफ्नो खल्ती आइडीमा तत्काल क्यासब्याक पाउने जनाएको छ ।
अनलाइन भुक्तानी सेवा प्रदायक ‘खल्ती’सँगको सहकार्यमा यात्रुहरूका प्रत्यक्ष सुविधा हुने अफर ल्याउन पाउँदा खुशी लागेको यती एयरलाइन्सका प्रवक्ता एवम् हवाई सुरक्षा प्रमुख सुदर्शन बर्तौलाले बताएका छन् ।