प्रदेश दुईलाई पराजित गर्दै लुम्बिनीले निकाल्यो पहिलो जित

काठमाडौँ । प्रधान मन्त्रीकप टी-२० क्रिकेट प्रतियोगितामा लुम्बिनि प्रदेशले प्रदेश दुईलाई ४२ रनले पराजित गर्दै प्रतियोगितामा पहिलो जित निकालेको छ। बिहिबार टियू मैदान कीर्तिपुरमा भएको खेलमा डेभ खनालको ५४ रनको अर्धशतकीय इनिङमा लुम्बिनिले १ सय ६२ रनको लक्ष्य दिएको थियो। जवाफमा प्रदेश दुई १ सय १९ रनमा समेटियो।

टस जितेर पहिलो ब्याटिङ गरेको लुम्बिनिले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ६१ रन तयार गरेको थियो। उसका लागि ३८ बलमा डेभ खनालले ४ चौका र २ छक्काको सहयोगमा ५४ रन बनाउँदा बसिर अहम्मदले ३० रन बनाए। त्यस्तै सन्दीप रजालीका नाममापनि ३० रन रह्यो। ओपनर शौरभ खनालले भने १० रन बनाए। अन्य कुनैपनि खेलाडीले दोहोरो रनको स्कोर तयार गर्न सकेनन्। पछिल्लो क्रम लगातार विकेट पतनको सिकार भयो।

उसका लागि रुपेश सिंह र विवेक यादवले २-२ विकेट लिएका थिए। त्यस्तै हरिसंकर शाह र महबुब आलम र विशाल शुस्लीङले १-१ विकेट लिए।
जवाफमा प्रदेश दुइका लागि विवेक यादवले अविजित ३६ रन जोड्नु बाहेक अन्य कुनैपनि ब्याटरले गतिलो प्रदर्शन गर्न सकेनन्। प्रदेश दुईका लागि सन्तोष कार्की र हरिकृष्ण झाले समान १४-१४ रन बनाउँदा मोहम्मद अदिल आलम र रुपेश सिंहले समान १३-१३ रन बनाएका थिए। प्रदेश दुईलाई सस्तैमा समेट्ने क्रममा अनिल खरेलले ५ विकेट लिंदा कृष्ण कार्की, सिद्दान्त लोहनी र बसिर अहम्मदले समान १-१ विकेट लिए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *