प्रधान मन्त्री कपमा आज चार खेल हुँदै

काठमाडाैँ ।  प्रधान मन्त्री कप पुरुष क्रिकेट प्रतियोगितामा आज पनि चार खेल हुँदैछन् । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने पहिलो खेलमा नेपाल पुलिस क्लब र कर्णाली प्रदेश तथा दोस्रो खेलमा प्रदेश दुई र वाग्मती प्रदेश खेल्नेछन् ।

त्यस्तै मुलपानीमा पहिलो खेलमा सुदूरपश्चिम प्रदेश र त्रिभुवन आर्मी र दोस्रो खेलमा लुम्बिनी प्रदेशले एपीएफ क्लबसँग प्रतिस्पर्धा गर्नेछन् ।

समूह ‘ए’ मा दुई खेलबाट चार अंक जोडेको पुलिस पहिलो र तीन खेलबाट तीन अंक जोडेको आर्मी दोस्रो स्थानमा छन् । समान दुई अंकका साथ सुदूरपश्चिम र कर्णाली प्रदेश क्रमशः तेस्रो र चौथो स्थानमा छन् ।

समूह ‘बी’मा तीन खेलबाट ६ अंक जोडेको एपीएफ शीर्ष र समान दुई अंक जोडेका वाग्मती, लुम्बिनी, र प्रदेश–२ क्रमशः दोस्रो, तेस्रो र चौथो स्थानमा छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *